‘आर्गनिक माया’ सुजन मार्पालाई [भिडियो]

‘आर्गनिक माया’ सुजन मार्पालाई [भिडियो]

organize maya

चर्चित इन्डियन डान्स रियालिटी शो ‘डान्स प्लस’ का फष्टरनरअप सुजन मार्पा तामाङ र वुगी वुगीकी विजेता कविता नेपालीको अभिनय रहेको नयाँ भिडियो आर्गनिक माया सार्वजनिक भएको छ । डी पी खनालको शब्द धनु ज्ञाङ्मी मगरको संगीत र वैदेशिक रोजगारका लागी दक्षिण कोरीयामा रहेका गायक भिम थापा मगरको स्वररहेको गीतको म्युजिक भिडियोलाई शुक्रबार सुजन मार्पा तामाङको अफिसियल यु ट्युब च्यानल मार्फतसार्वजनिक गरिएको हो ।रोमान्टिक डान्समा बनेको भिडियो सुजन मार्पा तामाङकै कोरियोग्राफी छ ।
प्रकाश खतिवडाको छायाँकन रहेको भिडियोमा एकान्त मगरको सम्पादन एबम निर्देशन रहेको छ ।

यस अघि माया पिरतीका धेरै गीतहरुमा आफ्नो मिठासपूर्ण स्वर दिइसकेका स्वरका धनी गायक भिम थापा मगरको  आर्गनिक मायाु मा “खाटी छ यो मनमा प्रेम मिसावट छैन, टिकाउ छ माया मेरो देखावटी हैनुु भन्ने जस्ता शब्दले भरिपुर्ण गरिएको छ। जसलाई पछिलो समयका लोकप्रिय गीतकार डी पी खनालले लेखेका हुन । गायक भिम थापा मगर भोजपुरमा जन्म लिई हाल वैदेशिक रोजगारका लागि दक्षिण कोरीयामा पसिना बगाउँदै गीत संगितमा रमाइरहेका छन भने उनले आजका युवा पुस्ता धेरै जसो रोमान्टिक डान्समा कम्मर भाची नचाउने खालको गीत मन पराउने भएकाले आर्गनिक मायाु लाइै युवा पुस्ताहरुले मन पराउने विश्वास ब्यक्त गरे।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ