तनहुँ । भानु नगरपालिकाको वडा नं. २, फुस्रेटार स्थित एक घरमा आइतबार बिजुली शर्ट भई आगलागी हुँदा परिवारका ४ जना घाइते भएका छन् । घरमा जडान गरिएको बिजुली शर्ट भए लगत्तै आगलागी हुँदा नजिकै रहेको ग्यास सिलिन्डरमा समेत आगो पुगेको र सिलिन्डर बाट निस्केको ग्याँसले आगो फैलँदा उनीहरुको अनुहार जलेको हो ।
घाइते हुनेहरुम ३२ वर्षीय करन नेपाली, श्रीमती २८ वर्षीया बिमाया नेपाली, छोरी बर्ष १३ कि बृटिशा नेपाली र छोरा बर्ष ११ को बिपिन नेपाली छन् । अनुहार एसिडले पोले जस्तै भएको छ । आइतबार बेलुकी ९ बजे आगलागी भएको खबर पछि र्इलाका प्रहरी कार्यालय भानुका प्रहरी नायब निरीक्षक पुर्ण बहादुर थापाको टोली पुगेको थियो । नेकपा भानु २ का अध्यक्ष सन्तोष श्रेष्ठ तथा स्थानीय बासिन्दाहरुले प्रयासमा आगो नियन्त्रणमालिइएको थियोे ।
आगलागीबाट घाइते भएकाहरुलाइ उपचारका लागि तत्काल लक्ष्मी अस्पताल डुम्रेमा सामान्य उपचार पछि थप उपचारका लागि चितवनको नारायणी सामुदायिक अस्पतालमा पठाइएको थियो तर आर्थिक समस्याका कारण घाइतेहरू घरमा नै फर्किएको पत्रकार मनोज श्रेष्ठले जनाएका छन् ।आगलागीबाट करिब २ लाख भन्दा बढीको क्षति भएको बताइएको छ ।
श्रोतः रेडियो छिम्केश्वोरी
सम्बन्धित खबर
स्याङ्जाका किसानले बेचे ६० लाखको सुन्तला
नवग्रह मन्दिर अनुष्ठानमा डा. स्वामी केशवानन्दले दर्शन गरि दिए प्रवचन
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते