काठमाडौं – अभिनेत्री पूजा शर्माले पूर्वराजपरिवारका सदस्यसँग भेट गरेकी छिन् । उनले पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वयुवराज्ञी हिमानी राज्यलक्ष्मी शाहसँग खिचेका तस्वीर खिचेर सामाजिक सञ्जालमा अपलोड गरेकी हुन् ।
‘पूर्व युवराज्ञी हिमानी शाहसँगको गौरवपूर्ण क्षण । उहाँलाई माया ।,’ पूजाले हिमानीसँगको तस्वीर अपलोड गर्दै लेखेकी छिन् ।
पूजाका फ्यानले हिमानी र पूजा दुवैलाई ‘राजकुमारी’ भन्दै कमेन्ट गरेका छन् ।

पूर्व युवराज्ञी हिमानी शाहसँग नायिका पूजा शर्मा ।
यस्तै, पूजाले पूर्वराजा ज्ञानेन्द्र शाहसँगको तस्वीर पनि सार्वजनिक गरेकी छिन् । उनले सामाजिक सञ्जालमार्फत ज्ञानेन्द्रलाई संसारका अन्तिम हिन्दू राजाका रुपमा चिनाएकी छिन् ।
फिल्म करिअरको कुरा गर्नुपर्दा पूजा शर्मा यतिबेला ‘म यस्तो गीत गाउँछु २’ को छायांकनमा व्यस्त छिन् । यो फिल्ममा उनले अभिनेता पल शाहसँग जोडी बाँध्नेछिन् ।
यसअघि रिलिज भएको उनको फिल्म ‘पोइ पर्यो काले’ व्यावसायिक रुपमा असफल भएको थियो । फिल्ममा पूजाका अलावा सौगात मल्ल, आकाश श्रेष्ठ, सृष्टि श्रेष्ठ लगायतका कलाकारको समेत शीर्ष भूमिका थियो ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम