मिचिएको नेपाली भूमि फिर्ता गरिनेछ, भारतसँग सरकार झुक्दैन : परराष्ट्रमन्त्री ज्ञवाली

मिचिएको नेपाली भूमि फिर्ता गरिनेछ, भारतसँग सरकार झुक्दैन : परराष्ट्रमन्त्री ज्ञवाली

pradeep_gyawali

गुल्मी –परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले सीमा विवादमा सरकार नझुक्ने बताएका छन् । आइतबार गुल्मीको गुल्मीदरवार गाउँपालिका वडा नम्वर २ मा बनेको नवनिर्मित स्वास्थ्य चौकी भवनको उद्घाटन गर्दै मन्त्री ज्ञवालीले सीमा विवादमा सरकार नझुक्ने बताएका हुन् ।

उनले छिमेकी दुई देश चीन र भारतसँग सुमधुर सम्बन्ध रहेको भन्दै पछिल्लो पटक भारतसँग देखिएको सीमा विवादबारे ऐतिहासिक तथ्यका आधारमा कुटनैतिक पहलबाट छलफल गरेर सरकार आफ्नो भुमिको रक्षा गर्न सक्षम रहेको बताए ।

‘राष्ट्रियता र राष्ट्रिय स्वाधिनताका सवालमा सरकार कसैसँग झुक्दैन, उच्चस्तरीय कुटनैतिक पहलबाट विवाद समाधान गरेर लिम्पियाधुरा लगायत मिचिएको नेपाली भूमि फिर्ता गरिने छ, सरकार यसमा आश्वास्त हुन नेपाली जनातालाई आग्रह गर्दछौं’ मन्त्री ज्ञवालीको भनाइ छ ।

फरक प्रसङ्गमा मन्त्री ज्ञवालीले देश विकास र समृद्धिको यात्रामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काँग्रेस प्रतिद्वन्द्वी नभइ मिलेर अगाडि बढ्ने समेत बताए । ‘सरकार समृद्धिको यात्रामा अगाडि बढेको छ । यस यात्रामा काँग्रेस र नेकपा एक अर्काका प्रतिद्वन्द्वी नभइ मिलेर अगाडी बढ्नुपर्दछ’ ज्ञवालीको भनाइ छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

सुनको मूल्य घट्यो
राराको डाँफे होटलमा आगलागी
बदली, वर्षा र हिमपातको सम्भावना

ट्रेन्डिङ