कालापानीबाट भारतीय सेना फिर्ता हुनुपर्छः प्रधानमन्त्री ओली

कालापानीबाट भारतीय सेना फिर्ता हुनुपर्छः प्रधानमन्त्री ओली

Kp Oli

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानीबाट सेना फिर्ता लैजान भारतलाई आग्रह गरेका छन् । युवा संघको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सरकारले नेपाली भूमीबाट विदेशी सेनालाई फिर्ता पठाउने दाबी गरे ।

“नेपाली भूमि फिर्ता लिन सक्छौं, सक्नुपर्छ,” उनले भने । उनले कालापानीमा भारतीय सेना अघिल्लै शताब्दीमा बसेको पनि बताए । प्रधानमन्त्री ओलीले सरकार भारतसँग सम्वाद गर्न सक्ने हैसियतमा रहेको भन्दै संवादबाट समस्या हल गर्न सकिने बताए ।

राष्ट्रियताको पक्षमा देखिएको एकताले सरकारलाई बल पुगेको उनको भनाई थियो । नक्सा सच्याउनु भन्दा भूमि फिर्ता लिनु मुख्य विषय भएको भन्दै उनले सरकारले आफ्नो भूमि फिर्ता ल्याउने बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

सुनको मूल्य घट्यो
राराको डाँफे होटलमा आगलागी
बदली, वर्षा र हिमपातको सम्भावना

ट्रेन्डिङ