जन्मदिनमा दुई साथीको गोली हानी हत्या, आफूमाथि पनि गोली प्रहार

जन्मदिनमा दुई साथीको गोली हानी हत्या, आफूमाथि पनि गोली प्रहार

shoot

अमेरिकाको एक विद्यालयमा बिहीबार भएको गोलीकाण्डमा दुई विद्यार्थीको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। साउथ क्यारोलिना राज्यको सउगुस हाइस्कुलका एक किशोरले विद्यालय परिसरमा आफ्ना साथीमाथि गोली हानेका थिए। गोली लागेर एक छात्रा र एक छात्रको मृत्यु भएको छ भने दुई छात्रा र एक छात्र घाइते भएका छन्। बन्दुकधारी विद्यार्थीले अन्तिम गोली भने आफैंलाई हानेका थिए। बिहीबार उनको १६ औं जन्मदिन थियो।

उनले किन गोली हाने र बन्दुक कहाँबाट ल्याए भन्ने खुलेको छैन। अघिल्लो दिन उनले इन्स्टाग्राममा ‘भोलि सइगुस स्कुलमा रमाइलो हुनेछ,’ भन्ने स्टाटस लेखेका थिए। उक्त पोस्ट पछि डिलिट गरिएको थियो। बन्दुकधारी विद्यार्थी जापानी मूलकी आमा र अमेरिकी बाबुका छोरा थिए। उनका बाबुको दुई वर्षअघि हृदयघातका कारण मृत्यु भएको थियो। उनकी दिदी पनि कामको शिलशिलामा बाहिर गएकी थिइन्।

प्रहरीले उनकी छिमेकीसँग ती किशोरका बारे सोधपुछ गरेको छ। छिमेकीले किशोर धेरै नबोल्ने खालका भएको बताएकी छन्। ‘बुवाको मृत्युपछि ऊ धेरै विक्षिप्त देखिन्थ्यो,’ नर्ससमते रहेकी उनकी छिमेकी जेरेड एक्सेनले रोयटर्ससँग भनिन्,‘म उसलाई स्कुल कस्तो हुँदैछ भनेर पनि सोध्थें। तर उसले कहिल्यै कसैले नराम्रो गरेको भनेन।’

आफैंले हानेको गोली लागेर घाइते भएका ती किशोरको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। अमेरिकाका विद्यालयमा गोलीकाण्ड भइरहन्छन्। सन् २०१८ फेब्रुअरी १४ मा भएको गोलीकाण्डमा १७ विद्यार्थीको मृत्यु भएको थियो। फ्लोरिडाको मार्जोरी स्टोनमान डगलस हाइस्कुलका एक पूर्वविद्यार्थीले विद्यालय हाताभित्र पसी गोली हानेका थिए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ