सिड्नी । भारतले गरेको सीमा अतिक्रमणको विरोधमा देशभर मात्र होइन, विदेशमा समेत प्रदर्शन भएको छ । भारतले नेपाली भूमि कालापानी, लिपुलेकलाई समेटेर नयाँ नक्सा सार्वजनिक गरेसँगै दिनहुँ विरोध प्रर्दशन हुँदै आएको छ।
अध्ययनका लागि अष्ट्रेलिया पुगेका विद्यार्थीले पनि विश्व समुदायको ध्यानाकर्षण गराउन रचनात्मक ढंगले त्यहाँ आन्दोलन गरेका छन् । सीमा अतिक्रमणको विषयलाई नेपाल सरकारले गम्भीर रुपमा नलिँदा भारतले सानो इस्यू जस्तो ठानेकाले आफूहरुले विदेशी भूमिबाटै दबाबमूलक कार्यक्रम आयोजना गरेको उनीहरुको भनाई छ ।
गत आइतबार नै सिड्नी टाउन हल स्थित क्विन भिक्टोरिया बिल्डिङको प्रवेश मार्ग परिसरमा केही समय मौन धर्ना बसी ध्यानाकर्षण गराइएको विद्यार्थी रोशन अधिकारीले जानकारी दिए । अधिकारी सहित सञ्जय लामा, सुवास बञ्जरा, सुदिप विश्वकर्मा, मनोज सुवेदी र निरज शर्मा सहभागी थिए । उनीहरुले प्लेकार्डमा आफ्ना नारा लेखी प्रदर्शन गरेका थिए । ‘कालापानी, लिपुलेक, लिम्पियाधुर नेपालकै हो ।’, ‘हामी टाढा छौं तर एकताबद्ध छौं ।’ लगायतका नारा लेखी प्रदर्शन गरेका थिए । अब आगामी सोमबार हस्ताक्षर अभियान चलाउने अधिकारीले जनाए । उनीहरुले ‘लेट्स युनाइट टुगेदर’ नाम दिएर क्याम्पेन चलाएका छन् ।

लिपुलेक कालापानीसहितका नेपाली भू–भाग आफ्नोतर्फ रहेको विवादित नक्सा जारी गरेपछि अहिले भारत विरोधी अभियान छेडिएको छ । भारतीय नक्सा सच्याउन नेपाल सरकारले उचित प्रमाण र दस्ताबेजका आधारमा तत्कालैबाट आवश्यक कूटनैतिक पहल थाल्नुपर्ने मागसमेत सबै नेपालीको छ ।
शनिवार जम्मू कश्मीर र लद्दाख औपचारिक रुपमा केन्द्र शासित प्रदेश बनेपछि भारत सरकारले नयाँ नक्सा जारी र्गयो। नक्सामा पाकिस्तान नियन्त्रित कश्मीर, आजाद जम्मू कश्मीरको केही स्थानका साथसाथै गिल्जित बलिस्तानलाई पनि भारतले आफ्नो नक्सामा देखाएको भन्दै पाकिस्तानले नक्सा ’खारेज’ गरेको घोषणा गरेको थियो । त्यसपछि मात्रै भारतीय नक्सामा नेपालको भूभाग समेत राखिएको खुलासा भयो। भारत सरकारले जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपालको लिम्पियाधुर (कालापानी र लिपुलेक) राखिएको कुरा बाहिरियो।
भारतले लिम्पियाधुरादेखि कालापानीसहित लिपुलेकको भूभाग गरी तीन सय ९५ वर्ग्किलोमिटर क्षेत्र अतिक्रमण गरेको नयाँ तथ्य खुलेको छ। सरकारले आपैmले गठन गरेको अध्ययन समितिले दिएको प्रतिवेदन गुपचुप राख्दा हालसम्म तीन सय ७२ वर्गकिमि क्षेत्र भारतले ओगटेको सार्वजनिक हुँदै आएको थियो।
चार वर्षअघि सूर्यनाथ उपाध्यायको संयोजकत्वमा बनेको सीमा विवाद सम्बन्धीअध्ययन टोलीले लिम्पियाधुरासम्मको भुभाग नेपालकै भएको निश्कर्ष निकालेको थियो। लिम्पियाधुरा–लिपुलेक–कालापानी गरी भारतले ३९५ वर्गकिलोमिटर नेपाली भूभाग अतिक्रमण गरेको छ। उपाध्याय नेतृत्व टोलीले समाधानका विकल्पसहितको सुझाव सरकारलाई त्यतिबेलै दिएको थियो। प्रतिवेदनअनुसार लिम्पियाधुराको तीन सय ३५ र लिपुलेक–कालापानीको ६० गरी तीन सय ९५ वर्गकिलोमिटर क्षेत्र भारतले मिचेको छ। काली नदीको मुहान नै लिम्पियाधुरा भएको प्रतिवेदनको पनि ठहर छ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो