पोखरा । नेपालको चारदिने औपचारिक सद्भावना भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले बिहीबार पोखरा भ्रमण गरेका छन् । नेपाली सेनाको हेलिकोप्टरमार्फत् पत्नीसहित पोखरा आएका राष्ट्रपति हमिदलाई गण्डकी प्रदेशका प्रदेशप्रमुख अमिक शेरचन, कार्यवहाक मुख्यमन्त्री किरण गुरुङ, प्रदेशका मन्त्री तथा सांसदहरुले स्वागत गरेका थिए ।
उनले फेवातालमा डुंगा सयरदेखि नजिकै रहेको रुपा गाउँपालिका पुगेर हिमाली दृश्यावलोकन गरे । राष्ट्रपति हमिदले फेवातालमा करिब ४५ मिनेट डुंगा सयर गरेका थिए । उनलाई फिस्टेल गेटदेखि वाराही मन्दिरसम्म नेपाल प्रहरीको डुंगामार्फत् अवलोकन गराइएको थियो ।
त्यसलगत्तै उनी फेवा किनारको फिस्टेल लजमा उनको आतिथ्यमा प्रदेश सरकारले आयोजना गरेको दिवाभोजमा सरिक भए । गण्डकी प्रदेश सरकारले गरेको स्वागत कार्यक्रममा बोल्दै राष्ट्रपति हमिदले पोखराको सौन्दर्य देखेर आफू चकित परेको बताए ।
उनले पोखराकाबारेमा सुनेको तर फेवातालमा डुंगा सयर गरेर हेर्दाको मज्जा आफ्नो लागि अविस्मरणीय रहेको बताए । राष्ट्रपति हमिदले पोखरालाई ‘संसारकै रमणीय गन्तव्य’ भनेका छन् । आकाश र डुंगाबाट पोखरालाई नियाल्दा संसारकै रमणीय गन्तव्य रहेको उनले बताए ।
कार्यक्रममा गण्डकी प्रदेशका कार्यवहाक मुख्यमन्त्री किरण गुरुङले राष्ट्रपति हमिदको भ्रमणले पोखराको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे । फिस्टेल लजबाट राष्ट्रपति हमिद हेलिकोप्टरमार्फत् रुपाकोट रिसोर्टमा पुगेका थिए । उनलाई रुपाकोट रिसोर्टमा स्थानीयले नेपाली संस्कृति झल्कने झाँकी र बाजागाजले स्वागत गरेका थिए । उनको स्वागत र सम्मानमा मारुनी र सोरठी नाचसमेत देखाइएको थियो ।
पोखराको करिब पाँच घन्टाको बसाइँपछि उनी बिहीबारै नेपाली सेनाको हेलिकोप्टरमार्फत् काठमाडौं फर्किएका छन् ।
सम्बन्धित खबर
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल, कास्की शाखाको अध्यक्षमा योगेन्द्र, प्रेम सचिव
पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो