काठमाडौं – नेपालले भलिबलमा ऐतिहासिक जित हासिल गरेको छ। नेपाली राष्ट्रिय महिला भलिबल टोलीले बंगलादेशमा सम्पन्न एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधि जित्दै इतिहास रचेको हो।
ढाकास्थित शहीद सुहरावर्दी इन्डोर स्टेडियममा पहिलो संस्करणको एभिसी सेन्ट्रल जोन महिला च्याम्पियनसिपको उपाधि जित्ने क्रममा नेपालले माल्दिभ्सलाई३—० को सोझो सेटमा पराजित गर्यो। नेपालले पहिलो सेट २५—१३, दोस्रो सेट २५—१२ र तेस्रो सेट २५—८ ले जित्न सफल भयो।
नेपाली महिला भलिबल टोलीले पहिलोपटक अन्तर्राष्ट्रिय उपाधि हात पारेको हो। प्रतियोगितामा अपराजित रहेको नेपाल शीर्ष स्थानमा रहँदै फाईनलमा पुगेको थियो। माल्दिभ्स शीर्ष दुईमा रहँदै उपाधि भिडन्त पक्का गरेको थियो। नेपालले समूह चरणका खेलहरूमा अफगानिस्तान, किर्गिस्तान, बंगलादेश र माल्दिभ्सलाई समान ३—० को सोझो सेटमा पराजित गरेको थियो।
नेपालले यो प्रतियोगितालाई नेपालमा हुने दक्षिण एशियाली खेलकुद सागको तयारीका रुपमा समेत लिएको छ। नेपालले हालसम्म स्वर्णपदक जित्न सकेको छैन। २०१४ मा काठमाडौंमा भएको दक्षिण एशियाली आमन्त्रण महिला भलिबल च्याम्पियनसिपमा जितेको रजतपदक नै नेपाली भलिबलका लागि सबैभन्दा ठूलो पदक हो। सागमा नेपालले ३ कांस्य पदक जितेको छ।

सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते