कसले काटिदियो कृषकको खोरमा बाँधेका बाख्रा?

कसले काटिदियो कृषकको खोरमा बाँधेका बाख्रा?

got

भोजपुरको पूर्वी अरुण गाउँपालिकास्थित जरायोटारमा अज्ञात समूहले  सोमबार राति तीनजना कृषकका खोरमा रहेका बाख्रा काटिदिएका छन्। अरुण गाउँपालिका वडा नं. ६ जरायोटारको खर्काउनेमा रणबहादुर विश्वकर्माको एउटा, बाबुराम विश्वकर्माको ३ वटा, भरत विश्वकर्माका ३ वटासहित ७ वटा बाख्रा अज्ञात समूहले काटेर मारिदिएको हो ।

खोरमा बाँधिएका बाख्रा काटेर मारिदिएपछि यहाँका स्थानीयबासी त्रसित भएका छन्। बाख्रा काटिएपछि नेपाल कम्युनिष्ट पार्टी अरुण गाउँपालिका कमिटीले बुधबार विज्ञप्ति नै निकालेर दोषीको पहिचान गरी कारवाही गर्न माग गरेको छ। खर्काउनेमा तीनजना किसानका घरका बाख्रा काट्ने त्यही समूहले जरायोटारको केन्द्र पाल्पालेस्थित केही पसलमा तोडफोड गरेको पनि स्थानीय टीकाराम बराइलीले जानकारी दिएका छन्। खोरमा बाँधिएका बाख्रा काटेर मारिएको र पसल तोडफोडको घटनापछि प्रहरी चौकी जरायोटारको टोलीले अनुसन्धान अघि बढाएको छ। यो घटनामा संलग्न भएको आशंकामा प्रहरीले दुईजनालाई पक्राउ गरेको बताइएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ