आफन्तबाटै १० हजार भारुमा बेचिइन् किशोरी

आफन्तबाटै १० हजार भारुमा बेचिइन् किशोरी

kanchi tamang

काठमाडौं । १५ वर्षीया बालिकालाई भारतको कोठीमा बेचेको आरोपमा एक महिला पक्राउ परेकी छन् ।पक्राउ पर्नेमा ललितपुरको चापागाउँकी ५० वर्षीया सुनिता भनिने कान्छी तामाङ छन् । उनलाई मानव बेचबिखन अनुसन्धान ब्युरोले बुढानिलकण्ठ नगरपालिका, देउवा चोकबाट बुधबार दिउँसो पक्राउ गरेको हो ।

तामाङले १० हजार रुपैयाँ भारुमा भारतको मधुन भन्ने स्थानको कोठीमा बेचेको अनुसन्धानका क्रममा खुलेको छ । कोठी सञ्चालकले एक महिना कोठामा बन्धक बनाएर युवती बनाउन प्रयोग गरिने सुई र औषधि प्रयोग गरेको खुलेको ब्युरोका एसपी गोविन्द थपलियाले बताए । उनका अनुसार पक्राउ परेकी तामाङमाथि मानव बेचबिनखन तथा ओसारपासर ऐन अन्तरगत म्याद थप गरेर अनुसन्धान थालिनेछ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ