पोखराबाट हेलिकप्टर उड्ने तयारीमा रहेका बेला म्याग्दीमा सुत्केरीको मृत्यु !

पोखराबाट हेलिकप्टर उड्ने तयारीमा रहेका बेला म्याग्दीमा सुत्केरीको मृत्यु !

helecopter sutkari

म्याग्दी । प्रसूतिपछि अत्यधिक रक्तचापका कारण म्याग्दीमा एक सुत्केरीको मृत्यु भएको छ । धौलागिरि गाउँपालिका–२ ललाङकी ३० वर्षीया सतिकला बिक  को मृत्यु भएको वडाध्यक्ष गमप्रसाद विकले बताए ।

बिक ले जन्माएको छोराको अवस्था भने सामान्य छ । विकले सोमवार राति लुलाङ स्वास्थ्य चौकीमा बच्चा जन्माएकी थिइन् । मंगलवार बिहान सामान्य अवस्थामा घर गएकी विक आकस्मिक रुपमा बेहोस भएपछि आफन्तले स्वास्थ्य चौकीमा लगेका थिए ।

हेलिकप्टरबाट पोखरा ल्याउने तयारी गर्दैगर्दा उनको मृत्यु भएको वडाध्यक्ष विकले बताए । धौलागिरि गाउँपालिका अध्यक्ष थमसरा पुनले गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयसँग समन्वय गरेर निःशुल्क हेलिकप्टर मगाएका थिए ।

पोखराबाट हेलिकप्टर उड्ने तयारीमा रहेका बेला सुत्केरीको मृत्यु भएको हो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ