काठमाडौं- प्रविधिको प्रयोगमा जोड दिइरहेको वैदेशिक रोजगार विभागले मङ्गलबारदेखि अनलाइनमार्फत नै श्रम स्टिकर (इ–स्टिकर) जारी गर्ने भएको छ ।वैदेशिक रोजगारीमा जाने व्यक्तिको राहदानी टाँस्ने स्टिकरको सट्टा इ–स्टिकर जारी गर्न लागिएको विभागका महानिर्देशक डा भीष्मकुमार भुसालले जानकारी दिए ।
आजदेखि व्यक्तिगत श्रम स्वीकृति लिने र लिगलाइजेनशनबाट वैदेशिक रोजगारीमा जाने कामदारलाई इ–स्टिकर प्रदान गरिनेछ । सोमबार इ–स्टिकरको परीक्षण गरिएको थियो ।शुक्रबारबाट सबै प्रकारको श्रम स्वीकृतिमा इ–स्टिकर जारी गर्ने विभागको तयारी छ । प्रविधिको प्रयोगगरी गठी तथा अवैध रुपमा विदेश जाने प्रक्रिया रोक्ने विभागको योजनामा कोशेढुङ्गा सावित हुने विश्वास लिइएको छ ।
श्रममन्त्री गोकर्ण विष्टले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्लेलगत्तै मातहतको कार्यालयमा प्रविधिको प्रयोग गरी छिटोछरितो तथा भरपर्दो सेवा सुविधा प्रवाहका लागि निर्देशन दिँदै आएका छन् ।अनलाइनबाटै स्टिकर जारी भएसँगै नक्कली स्टिकर बनाई अवैध रुपमा भारतको बाटो हुँदै विदेश पठाउने क्रम अन्त्य हुनेछ । त्यस्तै स्टिकर छपाइमा लाग्ने खर्च पनि जोगिने विभागले जनाएको छ ।अनलाइनबाट जारी गरिने स्टिकर आफूलाई चाहिएको बेला जुनसुकै ठाउँबाट पनि प्रिन्ट निकालन सकिनेछ
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु