संजय रानाभाट । पोखराको सिद्धार्थचाेक स्थित बिकन प्रिमियर इन्टरन्यासनल एजुकेशनले बैदेशिक अध्ययन गर्ने चाहने विद्यार्थीका लागि अध्यापन तथा परामर्श दिँदै अाएकाे छ । बिगत लामो समयदेखि अष्ट्रेलिया, न्यूजिल्याण्ड, यूके, क्यानडा लगायतका देशहरुमा जाने विद्यार्थीहरको लागि परामर्श प्रदान गर्दै आएको छ । साेमबार बिहान ८ बजेदेखि ११ बजेसम्म बिकन प्रिमियर इन्टरन्यासनल एजुकेशनको कार्यालयमा न्यूजिल्याण्डको सरकारी कलेजको माकेर्टिङ एण्ड भिजा सपोर्ट म्यानेजर प्रिया किटवानिको उपथितिमा एजकेशन सेमिनार हुँदैछ ।

उक्त सेमिनार बैदेशिक अध्ययन गर्न जान चाहने सोच बनाएका विद्यार्थीका लागि सहयोग गर्ने उद्धेश्यले गर्न लागिएको साथै न्यूजिल्याण्ड गएर कस्ता विषयमा अध्ययन गर्ने ? भन्नेे बुझाउन अायाेजना गरिएकाे संस्थाले जनाएकाे छ ।

एजूकेशन सेमिनार बिशेष गरी विद्यार्थी तथा अभिभावकलाई लक्षित गरेर न्यूजिल्याण्ड जान के के गर्ने? न्यूजिल्याण्डमा के कस्ता सेवा सुविधा छन् ? न्यूजिल्याण्ड गईसकेपछि अवसर चूनाैति के हुुुन् ? विद्यार्थीहरुका लागि अवसरहरु के के छन् ? लगायत समग्र न्यूजिल्याण्डको बारेमा जानकारी दिन उक्त कार्यक्रम गर्न लागिएको बिकन प्रिमियर इन्टरन्यासनल एजुकेसनका सञ्चालक रुद्र प्रसाद अर्यालले बताए । साथै, उक्त फेयरमा सहभागी भएर आफूलाई लागेका जिज्ञासा मेटाउन समेत अनुरोध गरे ।

सम्बन्धित खबर
आत्मिक जागरणले मानवलाई समृद्धितर्फ उन्मुख गराउँछः प्रदेश प्रमुख भट्ट
फेवाताल किनारमा भोलिदेखि एनसेल फाउन्डेसन ‘नेपाल लिटरेचर फेस्टिभल २०२५’
नवग्रह मन्दिर अनुष्ठान तथा धार्मिक महोत्सव सम्पन्न
अर्जुनचौपारीमा नवग्रह भजनको भिडियो छायांकन गरियो
म्याग्दीमा भक्तजन सवार गाडी दुर्घटना हुँदा चालकको मृत्यु, ३ जना गम्भीर
दुई महिनापछि खुले मुस्ताङका विद्यालय, शैक्षिक सत्र सच्याउन माग
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु