जेलमा सित्तैमा खान पाइने भन्दै प्रहरीकै अगाडि मोबाइल चोरी

जेलमा सित्तैमा खान पाइने भन्दै प्रहरीकै अगाडि मोबाइल चोरी

pakrau

रुकुम पश्चिमः जेलभित्र सित्तैमा खाना खान पाइने भन्दै यहाँका एक युवाले प्रहरीकै अगाडि मोबाइल पसलमा चोरी गरेका छन् ।

आफनो हक नपुग्ने अचल भै रहेकोलाई चलको हिसाब गराई वा चल धनमाल समेत हक पुग्ने धनीलाई थाहा नदिई वा उसको मन्जूरी नली धनीको हक मेटाई आफूले लिना खानाका लागि जुनसुकै कुरो गरी बेइमानीका नियतले कसैले लग्यो भने चोरी गरेको ठहर्छ ।

मुसीकोट नगरपालिका–२ का २० वर्षीय राजु परियारले सदरमुकाम मुसिकोट स्थित एक मोबाइल पसलमा चोरी गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो । मोबाइल पसलको ताला तोडेर नगद सहित मोबाइल र अन्य सामाग्रीहरु चोरी गरेको भन्दै परियार विरुद्ध प्रहरीले चोरी डाँका मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको जनाएको छ । कार्तिक १६ गते राति मुसीकोट नगरपालिका–१ त्रिवेणीचोकमा रहेको निर्मल विकको मोबाइल पसलमा चोरी गरेको आरोपमा प्रहरीले उनलाई कात्तिक १८ गते पक्राउ गरेका थियो ।

यसअघि पनि उनले २०७३ कार्तिक २३ गते खलंगाको एउटा कोठामा चोरी गरेको आरोपमा पक्राउ परेका राजु तीन वर्ष जेल सजाय भुक्तान गरेर भर्खरै बाहिर आएका थिए । पसलका सञ्चालक निर्मलका अनुसार राजुले तीन थान मोबाइल, तीन वटा मोबाइलका ब्याट्री तथा ४ हजार ३ सय ८० बढी नगद चोरी गरेका थिए । एउटै मुद्दामा दुई पटक समातिएपछि प्रहरीले अनुसन्धान गर्दा राजुले खान, बस्नको लागि चोरी गरेको तथ्य फेला पारेको छ । जेलमा निःशुल्क खान पाइने भएकाले राजुले प्रहरीबाट पक्राउ पर्न चोरी गरेको प्रहरीले जनाएको छ ।

अनुसन्धान गर्दै जाँदा आफूलाई खान सजिलो हुन्छ भनेर चोरी गरेको पत्ता लागेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले बताए । राजुले जेलबाट निस्केपछि खान, बस्नको कुनै ठेगान नभएकाले फेरि जेल जान चोरी गरेको बयान दिएका छन् । उनका बाबुको मृत्यु भएको र आमाले वास्ता नगरेपछि खान, बस्ने पाइने उद्देश्यले चोरी कार्यमा संलग्न भएको प्रनाउ खड्काको भनाइ छ । प्रहरीले पक्राउ गरोस् भनेर चोरी गरेर बजारमा नै घुमिरहेको सम्मको बयान राजुले दिएको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ