तनहुँ । नयाँ राजनीतिक नक्सामा नेपालको कालापानी र लिपुलेकलाई भारतमा देखाएको भन्दै तनहुँको सदरमुकाम दमौली बजारमा विद्यार्थीहरुले विरोध गरेका छन् ।
नेपाल विद्यार्थी संघ आदिकवि भानुभक्त क्याम्पस इकाईमा आवद्ध विद्यार्थीहरुले नेपाली भू–भाग अतिक्रमण गरेको भन्दै विहिबार विरोध प्रर्दशन गरेका हुन् ।
उनीहरुले ‘ब्याक अफ इण्डिया’, ‘कालापानी, लिपुलेक र लिप्पियाधुरा नेपाल हो’ कलको नारा र व्यानरसहित भारतीय नम्बर प्लेटका सवारी रोकेर बिरोध गरेका हुन । आदिकवि भानुभक्त क्याम्पसबाट शुरु भएको र्यालीले दमौलीको भोर्लेटार चोकमा कोणसभाको आयोजना गरिएको थियो ।

सभामा बोल्दै विद्यार्थी तथा युवा नेताहरुले भारतलाई यथाशिघ्र आफ्नो गल्ति सुधार्न चेतावनी दिएका छन् । भारतको विस्तारवादी नीतिको विरोध गर्दै उनीहरुले नेपालको भू–भाग भारतीय नक्साबाट हटाउन माग गरेका छन् । भारतीय विस्तार मुर्दाबाद, हाम्रो भुमी फिर्ता गर लगाएतका नारा लगाएका थिए ।
कार्यक्रममा स्ववियु आदिकवि भानुभक्त क्याम्पसकी सभापति दुर्गा भण्डारीले भारतीय विस्तारवाद मान्य नहुने बताईन ।
त्यस्तै स्ववियु निवर्तमान सभापति उद्दव पौडेलले सत्ता पक्ष र प्रतीपक्ष राष्ट्रिय मुद्दामा बोल्नुपर्ने बताए । करिब ६० जना विद्यार्थीहरुको सहभागितामा १ घण्टा उक्त विरोध कार्यक्रम भएको थियो ।
नेपाल विद्यार्थी संघ तनहुँका प्रवक्ता हरि खनालले भारतले आफ्नो नक्सा सच्याउनुपर्ने बताए । भारतीय बिस्तारवाद विरुद्ध सरासरले ठोस कदम चाल्नुपर्ने उनले बताए ।
कार्यक्रममा जि जे ०९ एक्स ९६४२ नम्बरको भारतीय ट्रक रोकिएको थियो । नेपाल विद्यार्थी संघ आदिकवि भानुभक्त क्याम्पस इकाईका सभापति सुदर्शन पोख्रेलको नेतृत्वमा उक्त कार्यक्रम भएको थियो ।
सम्बन्धित खबर
नवग्रह मन्दिर अनुष्ठानमा डा. स्वामी केशवानन्दले दर्शन गरि दिए प्रवचन
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
नेपाली सिनेमाको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते