केही समय अगाडी काठमाडौंमा भएको एटीएम सिस्टम ह्याकिङ गरी पैसा निकाल्दा निकाल्दै पक्राउ परेका चिनियाँ ह्याकरलाई थुनामा राख्न पाटन उच्च अदालतले आदेश दिएको छ। उच्च अदालत पाटनको वाणिज्य इजलासमा न्यायाधीशद्वय रामप्रसाद ओली र किरण पौडेलको संयुक्त इजलासले बिहीबार आदेश गरेको हो।गत
गत भदौ १४ मा काठमाडौंमा भएको एटीएम सिस्टम ह्याकिङ मा संलग्न पाँच जना चिनियाँ र एक जना फ्रेन्च नागरिक लु सिङ थुनामा रहनेछन्। एटीएम ह्याक गरेर पैसा निकाल्दै गरेका चिनियाँ नागरिकहरु लिन जियानमेङ, लुओ जियालेइ, झु लियानग्याङ, क्वी युनकिङ, चेन बिन बिन र फ्रेन्च नागरिक सु लुसिङलाई अदालतले थुनामा पठाएको हो। सोही प्रकरणमा पक्राउ परेका तीन नेपालीलाई भने धरौटी बुझाएर रिहा गर्न आदेश दिइएको छ।
उक्त प्रकरणमा गत भदौ १६ गते प्रहरीले ठमेलबाट नेपालय मनिचेन्जरका देवनाथ लामिछानेसहित रोशन प्रधान श्रेष्ठ र रेवती दवाडीलाई नियन्त्रणमा लिएको थियो। अदालतले लामिछानेसँग ३० लाख रुपैयाँ र प्रधान र दुवाडीसँग जनही २६ लाख रुपैयाँ मागेको छ। रिहा भए पनि उनीहरुविरुद्ध महानगरीय प्रहरी परिसरले विदेशी मुद्राको अपचलन गरेको अभियोगमा महानगरीय प्रहरी परिसर काठमाडौंमा थप अनुसन्धान गर्नेछ।
पक्राउ परेका विदेशी नागरिकको साथबाट १ करोड २६ लाख २९ हजार ४५ रुपैयाँ, ८० हङकङ डलर ८०, चिनियाँ युआन १ हजार १ सय ९१, अमेरिकी डलर ९ हजार १ सय ८, कम्बोडियाको मुद्रा ५ हजार र युरो २ सय ५० बरामद भएको थियो। सो क्रममा प्रहरीले उनीहरुबाट नेपालीसहित उक्त विदेशीमुद्राबाहेक नक्कली भिसाकार्ड १ सय ३२ थान, सक्कली भिसाकार्ड १७ थान, कार्ड प्रिन्टर मेसिन, ६ वटा मोबाइल, ल्यापटप, सामसुङ मोबाइल र डाटा कार्ड १÷१ थान समेत बरामद गरेको थियो।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु