भारतले भन्यो : नयाँ नक्सामा नेपालको कुनै पनि भूमि राखिएको छैन

भारतले भन्यो : नयाँ नक्सामा नेपालको कुनै पनि भूमि राखिएको छैन

MEA-Raveesh-Kumar_0P6JAaNA4A

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रभीस कुमारले बिहीबार नयाँदिल्लीमा आयोजित पत्रकार सम्मेलनका क्रममा सोधिएको प्रश्नमा नेपालसँगको सिमारेखामा कुनै हेरफेर नगरिएको दाबी गरेका हुन्भा रतले कुनै पनि नेपाली भूमि नमिचेको दाबी गरेको छ।

नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई नयाँ नक्सामा आफूतर्फ गाभेको भन्दै आलोचना भइरहेका बेला उसले यस्तो स्पष्टीकरण दिएको हो।  सरकारले भन्यो : कालापानी क्षेत्र नेपालकै हो, भारतको नक्सा मान्दैनौं ‘हाम्रो नक्साले भारतको सम्प्रभुतालाई देखाउँछ। नयाँ नक्सामा नेपालसँग जोडिएको सिमानामा कुनै भूगोल तलमाथि या हेरफेर गरिएको छैन’, उनले भने, ‘नेपालसँग सिमानामा अहिलेकै व्यवस्था अनुसार सम्बन्ध रहँदै आएको छ, यसमा कुनै हेरफेर भएको छैन।’ प्रवक्ता कुमारले भारत आफ्ना निकट छिमेकीहरुसँग द्विपक्षी सम्बन्धका क्रममा उठेका सवाललाई वार्ताद्वारा समाधानका लागि तयार रहेको पनि उल्लेख गरेका छन्।

‘हामी आफ्ना निकट छिमेकीसँग मैत्रीपूर्ण द्विपक्षीय सम्बन्धलाई ख्याल गर्दै वार्ताको माध्यमबाट समाधान खोज्न आफ्नो प्रतिबद्धता दोहोर्‍याउँछौं’, उनले भनेका छन्, ‘साथै निहित स्वार्थ बोकेर दुवै देशबीचमा मतभेद पैदा गर्ने कोशिश गरिरहेका तत्वहरुविरुद्व एकजुट हुनु जरुरी भएको छ।’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds