टुँडिखेल अतिक्रमणमुक्त गर्ने नागरिक अभियान ‘अकुपाई टुँडिखेल’ले कात्तिक २३ गते यस्तो कार्यक्रम आयोजना गरेको हो। विश्व स्वतन्त्रता दिवसको अवसर पारेर टुँडिखेल मानव साङ्लोले घेरिने भएको छ।
‘स्वच्छ, खुला टुँडिखेलको लागि नागरिक सचेतना तथा जनदबाब अभियान’ भन्ने मूल नाराका साथ प्राकृतिक, सांस्कृतिक, राजनीतिक, ऐतिहासिक र सामाजिक महत्व बोकेको टुँडिखेल अतिक्रमण हुँदै गइरहेको प्रति अभियानले विरोधका कार्यक्रमसमेत सार्वजनिक गरेको छ। टुँडिखेल क्षेत्रमा बसपार्क, अनधिकृत पसल सञ्चालन, अनधिकृत पार्किङ, भवन बनाउने सामान र कामदार बस्ने ठाउँ तथा ढलान गर्ने काम भएकाले सचेतनाका लागि ‘अकुपाई टुँडिखेल’ अभियान चलाउनु परेको बिहीबार आयोजित पत्रकार सम्मेलनमा बताइएको छ।
अभियानका संयोजक विजय श्रेष्ठद्धारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘कुनै समय एसियाकै ठूलो परेड मैदानको रुपमा रहेको टुँडिखेल हामी सबैका लागि एक महत्वपूर्ण क्षेत्र हो। यसको अतिक्रमणले महत्वपूर्ण सम्पत्ति गुमाउने अवस्था आएकाले हामीले अभियान चलाएका हौँ।’ ‘अकुपाई टुँडिखेल’ अभियान यही शनिबार बिहान ८ बजेदेखि सुरु हुनेछ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु