कास्की । मुख्य निर्वाचन अधिकृतको कार्यालय कास्कीको छेउमा बम विस्फोट भनिए पनि उक्त विस्फोट गनपाउडरका कारण भएको प्रहरीले जनारी दिएको छ । जिल्ला प्रहरी कार्यलयका कास्की डिएसपी राजकुमार केसीले बम विस्फोट भएको प्रारम्भिक जानकारी आएको बताए पनि उक्त विस्फोट बम नभएर गन पाउडरका कारण भएको प्रहरीले बताएको हो ।
बिहीबार बिहान मुख्य निर्वाचन अधिकृतको कार्यालय नजिकै रहेको पर्यटक बसपार्कमा विस्फोट भएको थियो ।जिप्रका कास्कीका प्रमुख एसपी दानबहादुर कार्कीले खाल्डो गन पाउडर राखेर विस्फोट गराइएको जानकारी दिए । आज कास्कीमा उपनिर्वाचनका लागि कार्यतालिका रहेको छ । कास्की क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुँदैछ ।
नेकपा ,कांग्रेस र साझा पार्टीले जिल्ला निर्वाचन कार्यालय कास्कीमा उम्मेदवारी दर्ता गराएका छन । कास्की निर्वाचन क्षेत्र नम्बर २ का लागि नेकपाबाट विद्या भट्टराई कांग्रेसबाट खेमराज पौडेलले र साझाबाट रजनी के.सी चुनावी मैदानमा छन । अन्य पार्टीले दर्ता गर्ने क्रम जारी छ ।
सम्बन्धित खबर
पोखरा जेसिजको अध्यक्षमा भाइराज राना सर्वसम्मत
अपाङ्ग महिला सशक्तिकरण केन्द्रको मन्त्री केसीसँग ६ बुँदे माग
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम