कुवामा डुबेको अवस्थामा स्याङ्जामा एक पुरुषको शव फेला

कुवामा डुबेको अवस्थामा स्याङ्जामा एक पुरुषको शव फेला

mrita-fela-720×375

स्याङ्जा। कुवामा डुबेको अवस्थामा स्याङ्जामा एक पुरुषको शव फेला परेको छ । जिल्लाको कालीगण्डकी गाउँपालिका–४ बिर्घाको खर्सिङगैरास्थित गौडाकुवामा एक पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।

गुल्मीको सत्यवती गाउँपालिका–३ ठूलोलुम्पेकका ५० वर्षीय सोमबहादुर विकको शव भेटिएको वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरीक्षक निरञ्जन घिमिरेले जानकारी दिए।

ज्याला मजदुरीमा काम गर्दै आएका उनी मंगलबार राति कुवामा डुबेका हुन सक्ने प्रहरीको अनुमान छ। १० वर्षदेखि स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ बिर्घामा बस्दै आएका उनको शव बुधबार बिहान स्थानीयले देखेका थिए । शव पोष्टमार्टमका लागि वालिङ लगिएको प्रहरी निरीक्षक घिमिरेले जानकारी दिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ