अमेरिकी प्रतिवेदनमा नेपाल अन्तर्राष्ट्रिय आतंकवादीहरुको ट्रान्जिट पोइन्ट

अमेरिकी प्रतिवेदनमा नेपाल अन्तर्राष्ट्रिय आतंकवादीहरुको ट्रान्जिट पोइन्ट

American Flag

काठमाडौं- अमेरिकी प्रतिवेदनले नेपाललाई अन्तर्राष्ट्रिय आतंकवादीहरुको ट्रान्जिट पोइन्ट भएको दाबी गरेको छ। अमेरिकी विदेश मन्त्रालयले प्रत्येक वर्ष सार्वजनिक गर्ने आतंकवाद सम्बन्धी प्रतिवेदनमा नेपाललाई आतंकवादीहरुको ‘ट्रन्जिट पोइन्ट भनिएको हो। भारतसँगको खुला सिमाना र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको फितलो सुरक्षा व्यवस्थाका कारण नेपालमा अन्तर्राष्ट्रिय आतंकवादीहरुको आवतजावत भइरहेको/हुने प्रतिवेदनमा उल्लेख छ ।

शुक्रबार सार्वजनिक उक्त प्रतिवेदनमा नेपालमा सन् २०१८ मा आतंकवादी गतिविधि नभए पनि नेत्रविक्रम चन्द ‘विप्लव’ समूहलाई आन्तरिक आतंकवादी भनिएको छ। भारतमा आतंकवादी गतिविधि गर्दै आएको इन्डियन मुजाहिद्दीनले नेपालमा पनि आफ्ना गतिविधि विस्तार गरेको र उसका गतिविधि सञ्चालनका लागि नेपाल अहिले सबैभन्दा ठूलो अखडा बनेको प्रतिवेदनमा दाबी गरिएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ