नवनियुक्त प्रदेश प्रमुखले लिए राष्ट्रपतिसमक्ष शपथ

नवनियुक्त प्रदेश प्रमुखले लिए राष्ट्रपतिसमक्ष शपथ

1-1-750×375

काठमाडौं । सातवटै प्रदेशका नवनियुक्त प्रदेश प्रमुखले सपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आज (मंगलबार) बिहान राष्ट्रपति कार्यालयमा सातै प्रदेश प्रमुखहरुलाई सपथ ग्रहण गराएकी हुन्। शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवरालगायत उपस्थित थिए ।

मन्त्रिपरिषद्को सिफारिशमा गण्डकी प्रदेशमा अमिक शेरचन, प्रदेश १ मा सोमनाथ अधिकारी ’प्यासी’, प्रदेश २ मा तिलक परियार, प्रदेश ३ मा विष्णु प्रसाईं, प्रदेश ५ मा धर्मनाथ यादव, कर्णाली प्रदेशमा गोविन्द कलौनी र सुदूरपश्चिम प्रदेशमा शर्मिलाकुमारी पन्त लाई राष्ट्रपति भण्डारीले हिजो नियुक्त गरेकी हुन्। मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले कांग्रेस सरकारले नियुक्त गरेका सातै प्रदेश प्रमुखलाई बर्खास्त गरेको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds