१८ घण्टादेखि शव सडकमै, राजमार्ग अवरुद्ध

१८ घण्टादेखि शव सडकमै, राजमार्ग अवरुद्ध

accident

बसले मोटरसाइकललाई ठक्कर दिँदा ज्यान गुमाएका राम बहादुर चौधरीको  शव १८ घण्टा देखि सडकमै रहेको छ। कैलालीको घोडाघोडी नगरपालिका १० पहलमानपुरमा आइतबार साँझ  दुर्घटनामा ज्यान गुमाएका अर्का व्यक्ति मानबहादुर चौधरीको शव सेती अञ्चल अस्पतालमा रहेको छ। दोषीलाई कारबाहीको माग गर्दै मृतकका आफन्त र स्थानीयहरूले अवरुद्ध गरेको सडक अझै सुचारु भएको छैन्।

आइतबार दुर्घटना पछि स्थानीयले सडक अवरुद्ध गरेका थिए। राति अबेर सम्म बार्ता नमिलेपछि यात्रुको सहजताको लागि सडक सुचारु भएको थियो। सोमबार बिहान ८ बजे देखी फेरि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक प्रकाश सिंह कार्कीले बताए। कञ्चनपुरको दोधारा चाँदनीबाट पिकनिक खाएर नेपालगन्ज तर्फ ज्यादै गरेको भे १ ख १७३२ नंम्वरको बसले घोडाघोडी नगरपालिका–१० पहलमानुरमा से ३ प ६३७६ नंम्वरको मोटरसाइकललाई ठक्कर दिँदा घोडाघोडी १० का ४० वर्षीय रामबहादुर चौधरीको घटनास्थलमै मृत्यु भएको थियो।

उक्त दुर्घटनामा परि गम्भीर घाइते भएका अर्का मोटरसाइकलमा सवार सोही ठाउँका ४२ वर्षीय मान बहादुर चौधरीको उपचारका क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको थियो। अहिले समितिका पदाधिकारी र मृतकका आफन्त बिच छलफल भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक कार्कीले बताए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds