तनहुँ । तनहुँको व्यास नगरपालिका स्थानिय समन्वय समितिले नगरपालिकाको वडा नम्बर १४ स्थित केशवटारमा अपाङ्गता परिचय पत्र वितरण शिविर आयोजना गरी परिचय पत्र वितरण गरेको छ । ३८ जना विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्तिहरुलाइ परिचय पत्र वितरण गरिएको हो ।
सो शिविरमा व्यास नगरपालिकाका उपप्रमुख तथा स्थानिय समन्वय समितिकी संयोजक मीरा जोशी तथा व्यास नपा १४ का वडाध्यक्ष काजीमान श्रेष्ठले परिचय पत्र वितरण गरेका थिए । शिविरमा आएका ४३ जना अपाङ्गता भएका व्यक्तिहरु मध्ये १० जना पुर्ण अशक्त, १६ जना अति अशक्त, ९ जना मध्यम र १ जनाले सामान्य अपाङ्गता सम्बन्धि परिचय पत्र पाएका छन ।

यसरी परिचय पत्र पाएका व्यक्तिहरु मध्ये रातो कार्ड पाउने पुर्ण अशक्त र निलो कार्ड पाउने अति अशक्त अपाङ्गता भएका व्यक्तिहरुले राज्यबाट ३००० र १६०० रुपैयाँका दरले मासिक सामाजिक सुरक्षा पाउनेछन भने अन्य कार्ड पाएका व्यक्तिहरुलाइ पनि विभिन्न सहायता उपलब्ध गराउने कार्यक्रम व्यास नगरपालिकाले योजना गरेको उपप्रमुख मिरा जोशीले बताईन ।
व्यास नगरपालिकाले रिसेडको सहयोगमा स्वंयसेवकहरु परिचालन गरी अपाङ्गता भएका व्यक्तिहरुको पहिचान तथा आवेदन संकलन गर्न र सम्बन्धित कागजात मिलाउनका लागि रिसेडले व्यास नगरपालिका लाई सहयोग गरिरहेको छ । यस्ता शिविर अन्य वडाहरुमा पनि संचालन गरी ५०० भन्दा वढि अपाङ्गता भएका व्यक्तिहरुलाइ मंसिर महिना मित्रमा परिचय पत्र वितरण गर्ने योजना नगरपालिकाको रहेको छ ।
सम्बन्धित खबर
मुग्लिन–पोखरा बाटो सहज बन्दै
तनहुँको विमलनगर खण्ड आजदेखि एक महिना आंशिक बन्द हुने
तनहुँमा ‘स्वाइन फिभर’ले बङ्गुर मरेपछि ओसारपसारमा रोक
प्रजातन्त्र दिवसको अवसरमा देवघाट गाउँपालिकामा दीप प्रज्जवलन
बन्दीपुरमा वडाध्यक्षको कुटपिटबाट वडा सचिव घाइते
१५ वर्षपछि दमौलीमा फेरि थालियो सामूहिक गहुँखेती
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते