नारायणहिटी दरबारको लमजुङ कक्षलाई डाइनिङ हल बनाई व्यवसाय गर्ने तयारी !

नारायणहिटी दरबारको लमजुङ कक्षलाई डाइनिङ हल बनाई व्यवसाय गर्ने तयारी !

Naryanhit Durbar

काठमाडौं । शाहकालीन इतिहास बोकेको ऐतिहासिक धरोहर नारायणहिटी दरबार संग्रहालयभित्रका केही कक्षलाई सरकारले आम्दानी बढाउने नाममा  व्यवसायिक प्रयोजनमा लगाउने तयारी गरेको छ । दरबारभित्रको लमजुङ कक्ष, फोहरा बगैचालगायतलाई व्यवसायक प्रयोगमा ल्याउन पुरातत्व विभागले गृहकार्य गरेको अनलाइन खबर डटकमले न्यूज लेखेको छ।

संग्रहालयको आम्दानी बढाउने उद्देश्यले यस्तो सम्भावनाबारे प्रारम्भिक अध्ययन-अवलोकन थालिएको पुरातत्व विभागका कायममुकायम महानिर्देशक दामोदर गौतमले जानकारी दिए । उनका अनुसार करिब दुई साता अगाडि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, मन्त्रालयका सचिव केदारबहादुर अधिकारीलगायत उच्चस्तरीय टोलीले नारायणहिटीको स्थलगत अवलोकन गरेको थियो ।

‘दरबार संग्रहालयको ऐतिहासिक महत्वलाई कायम राख्दै यसबाट आम्दानी पनि बढाउने सोच हो,’ उनले भने, ‘त्यसबारे के गर्न सकिन्छ भनेर एक चरण स्थलगत अध्ययन अवलोकन भएको छ ।’ लमजुङ कक्षमा रात्रीकालीन डिनर सञ्चालन गरी बढीभन्दा बढी पर्यटक आकर्षित गर्न सकिने सम्भावनाबारे छलफल भएको गौतमले जानकारी दिए । ‘संग्रहालयलाई रातमा समेत खुलै राख्न सकियो भने त्यसबाट पर्यटकको बसाइँ अवधि पनि लम्बिने र संग्रहालयको आम्दानी पनि बढ्ने छ’ उनले भने, ‘सरकारले अध्ययन गरी थप कक्ष खुला गर्ने र आम्दानीको स्रोत बढाउनेबारे थप अध्ययन हुनेछ ।’

लमजुङ कक्षमा तत्कालिन राजाहरुले विदेशी पाहुनाका लागि रात्री भोज दिँदा प्रयोग गर्ने डाइनिङ हल छ । यस हललाई व्यवसायिक प्रयोजनमा लगाएर आम्दानी गर्न सकिने योजना सरकारले बनाएको हो । हलमा ९० जनासम्मले एकै पटक बसेर डिनर खान सक्छन् ।

अहिले दरवार संग्रहालयका ३१ कक्ष सर्वसाधारणको अवलोकनका लागि खुला गरिएको छ । यी कक्षसमेत उचित व्यवस्थापनको अभावले जीर्ण बन्दै गएका बेला दरवार भित्रकै केही कक्ष व्यवसायिक प्रयोजनमा दिने तयारी भएको हो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds