काठमाडौं – व्यापार, व्यवसाय र जागिरको कमाइबारे त हामी सबैले सुने–जानेकै हो तर, नितम्बै कमाई त्यो पनि पत्याई नसक्नु ! पत्यार नलागे पनि कुरा सत्य हो । नितम्बकै कारण यति धेरै कमाइ गर्ने युवती रोमानियाकी एन्ड्रिया एबेली इन्स्टाग्राम स्टार हुन् । राजधानी बुखारेस्टनिवासी ३५ वर्षीया यी प्रभावशाली इन्स्टाग्राम मोडलले फोटो पोस्ट गरेर वार्षिक करोडौं रुपैयाँ कमाउने गरेकी छिन् । प्लाष्टिक सर्जरी गरेर उनले नितम्ब ठूलो बनाएकी छिन् । आकर्षक नितम्बका तस्बिरहरू इन्स्टाग्राममा हालेर वार्षिक रूपमा करिब १७ करोड रुपैयाँ कमाउने गरेको उनको दाबी छ ।
उनलाई इन्स्टाग्राममा ३१ लाखभन्दा बढी मानिसले फलो गरेका छन् । हरेक इन्स्टाग्राम पोस्टमा उनले ४ सय १० पाउन्डदेखि ४ हजार १ सय पाउन्डसम्म कमाउने गरेकी छिन् । सामाजिक सञ्जालमा आफू लोकप्रिय हुनुको कारण इमानदारी भएको उनी बताउँछिन् । ‘मैले प्लाष्टिक सर्जरी गरेर नितम्ब ठूला र आकर्षक बनाएकी हुँ,’ उनी भन्छिन्, ‘यो कुरा मैले कसैसँग लुकाएकी छैन । मेरो इमानदारीले मलाई लाखौँ प्रशंसक दिलाएको छ । यौनाकर्षण र हँसीमजाकलाई मिलाएर इन्स्टाग्राममा मनोरञ्जक सामग्री पस्कने गरेकी छु ।’
लाखौं प्रशंसकले उनका नितम्ब मन पराए पनि केहीले भने उनलाई देखि सहँदैनन् । कतिपयले उनलाई घृणा र निन्दाले भरपूर सन्देश पठाउने गरेका छन् । ‘तीमध्ये एउटा सन्देश सबैभन्दा डरलाग्दो थियो,’ एन्ड्रिया भन्छिन्, ‘एक जनाले मलाई ‘तिमी नर्कमा जाकिनेछौ’ भनेर कमेन्ट गरेका थिए ।’ ती आलोचकले उनलाई भनेका थिए, ‘एन्ड्रिया, तिमी नर्कमा पर्नेछौ । तिम्रा नितम्बसहित सारा शरीर जल्नेछ । त्यतिबेला तिम्रो शरीरबाट प्लाष्टिकको गन्ध आउनेछ ।’ तर, वर्षमा नितम्बबाट १७ करोड रुपैयाँ कमाउने एन्ड्रियालाई यस्ता सन्देशले केही फरक पर्नेवाला छैन । एजेन्सी
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो