प्रधानमन्त्री ओलीको तेस्रो पटक डायलाइसिस गरिँदै

प्रधानमन्त्री ओलीको तेस्रो पटक डायलाइसिस गरिँदै

Pm_Oli_6RBieN0pJz

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको तेस्रोपटक मृगौलाको डायलाइसिस गरिँदै छ। ओलीको आज तेस्रो पटक ग्राण्डी अस्पतालमा डायलाइसिस गरिन लागिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ। प्रधानमन्त्री अस्पताल जाने भए पछि बिहान बोलाइएको मन्त्रिपरिषद् बैठक पनि पछि सारिएको छ। मन्त्रिपरिषद् बैठक पछि उमेद्वार छनोट गर्नका लागि सचिवालय बैठक बोलाइएको छ।

प्रधानमन्त्री ओलीले यसअघि ग्रान्डी अस्पतलामा दुई पटक मृगौलाको डायलाइसिस गराइसकेका छन्। प्रधानमन्त्री ओलीले शनिबार बसेको नेकपा सचिवालय बैठकमा आफ्नो स्वास्थ्य अवस्थाका बारेमा सचिवालय सदस्यहरुलाई जनाकरी गराएका थिए। उनले आफू सिकस्त नभएको तर मृगौलाले काम गर्न भने छाडेको बताएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका थिए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds