म्याग्दी – म्याग्दीको मंगला गाउँपालिका वडा–३ कस्केरीमा बुधवार आगलागी हुँदा एक घर जलेरपूर्ण रुपमा नष्ट भएको छ। भीमबहादुर थापाको एकतले घरमा एक्कासी आगलागी भएपछि आगो निभाउन प्रर्याप्त स्रोतसाधन नहुदाँ पूर्ण रुपमा जलेर नष्ट भएको स्थानीय यामनाथ पौडेलले बताए। आगलागी लगत्तै पशुचौपायालाई भने जोखिम मोलेर बचाउन सफल भएपनि घरभित्र रहेका पैसा, लत्ताकपडा, अन्नबाली नष्ट भएको पौडेलले जानकारी दिए।
आगलागीको विद्युत सर्ट वा कारण पहिचान हुन सकेको छैन्। आगलागिबाट घरसहित करिव ५ लाखको हाराहारीमा क्षति भएको अनुमान गरिएको छ। आगलागीको जानकारी पाएपछि प्रहरीको टोली घटनास्थलमा पुगेको थियो। यसैबीच बेनी नगरपालिका–५ डडुवामा पनि सोमबार एक घरमा आगलागी हुँदा ५ लाखभन्दा बढीको क्षति भएको छ। डडुवाका गिरीराज उपाध्यायको घरमा सोमबार दिउँसो विद्युत सर्ट भई आगलागीहुँदा लत्ताकपडा, धातुका भाँडाकुँडालगायतका घरायसी साम्रागी जलेर नष्ट भएको हो। आगलागीबाट दुईतले ढुंगाको घरमा प्रयोग गरिएका काठका साम्रागीहरु समेत काम नलाग्ने अवस्थामा रहेको उपाध्यायले बताए। आगलागीबाट करिब ५ लाख ७० हजार नोक्सानी भएको अनुमान प्रहरीले गरेको छ।
सम्बन्धित खबर
आज नेपाली सेनाको दुई सय ६२ औँ स्थापना दिवस, सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह
आज महाशिवरात्रिः भगवान् शिवको पूजा–आराधना गरी मनाइँदै
आज देशभरको मौसम कस्तो रहन्छ?
अडियो काण्ड बाहिरिएपछि विष सेवन गरेका मन्त्रीका स्वकीय सचिवको मृत्यु
नवलपरासीमा प्रेम विवाहको विषयमा दुई पक्षबीच झडप, १९ जना घाइते
देश विकास हुँदैछ, युवा निराश हुनुपर्दैन: प्रधानमन्त्री
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु