सन्दीप लामिछानेले राखे नयाँ विश्व रेकर्ड

सन्दीप लामिछानेले राखे नयाँ विश्व रेकर्ड

000 Sandip Lamichhane

नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने चम्किएका छन् । ‘द क्रिकेट मन्थ्ली’ अनलाईनका अनुसार सन्दीप यस सिजनमा सबैभन्दा धेरै देशमा ‘टि ट्वान्टी’ खेल्ने क्रिकेटर बनेका छन्  ।

सन्दीपसँगै अफगानिस्तानका नजिबउल्लाह जद्रान पनि शीर्ष स्थानमा छन् । उनीहरुले सबैभन्दा धेरै ८ देशमा खेलेका हुन् । इन्डियन प्रिमियर लिगबाट अन्तर्राष्ट्रिय खेल सुरु गरेका सन्दीपले अष्ट्रेलियाको बिग बास हुँदै क्यानडा, दक्षिण अफ्रिका, पाकिस्तान, बंगलादेश र हङकङका खेल खेलिसकेका छन् ।

यससँगै सबैभन्दा धेरै बलिङ गर्ने क्रिकेटरको दोस्रो सूचीमा पनि छन् सन्दीप । लामिछानेले अहिलेसम्म टी ट्वान्टीमा ९ सय ८५ पटक बलिङ गरिसकेका छन् ।

मर्नुस लबुस्चग्ने गत वर्ष ५ सय ८६ खेल खेल्दै सर्वाधिक व्यस्त क्रिकेटर थिए । जोए रुटले सबैभन्दा धेरै अन्तर्राष्ट्रिय खेल खेले । अलेसा हेली सबैभन्दा धेरै खेल खेल्ने महिला क्रिकेटर बनिन् । विराट कोहली अन्तर्राष्ट्रिय खेलमा सबैभन्दा धेरै बल झेल्ने क्रिकेटर बने ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds