नेपाल भ्रमणवर्षमा होटलका कोठामा ३० प्रतिशत, खानामा १५ प्रतिशत छुट

नेपाल भ्रमणवर्षमा होटलका कोठामा ३० प्रतिशत, खानामा १५ प्रतिशत छुट

Untitled_design_5FokzlGHli

नेपाल भ्रमण वर्ष २०२० को अबसरमा नेपाली होटल व्यवसायीहरुले होटलको कोठा र खानामा छुट दिने घोषणा गरेका छन् । भ्रमणवर्षभर होटलका कोठामा ३० प्रतिशत र खानामा १५ प्रतिशत छुट दिने होटल संघ नेपाल (हान) ले घोषणा गरेको हो ।

विदेशी पाहुनलाई नेपाल भ्रमणवर्षमा आकर्षित गर्नका लागि यो छुट योजना ल्याइएको हानका महासचिव साजन शाक्यले बताए । ‘पाहुनालाई भ्रमण वर्षमा केही सहुलियत दिने सोचसहित छूटको घोषणा गरेका हौं ’, उनले भने । हानले घोषणा गरेको छुट विदेशी पाहुनका लागि हानका सदस्य होटेलमा मात्र उपलब्ध हुने जनाइएको छ ।देशभर एक दर्जनभन्दा बढी होटलहरु हानका सदस्य होटल छन् । ति मध्ये तारे होटेलदेखि ठूलो लगानीका पर्यटक होटलसम्म छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds