भारतमा तीन नेपालीको हत्या गर्नेको बयान : ‘पहिले ढुंगाले हिर्काएँ, अनि लिङ्ग काटिदिएँ’

भारतमा तीन नेपालीको हत्या गर्नेको बयान : ‘पहिले ढुंगाले हिर्काएँ, अनि लिङ्ग काटिदिएँ’

india-pithauragad

काठमाडौं । भारतको पिथौरागढमा तीन नेपाली मजदुरको हत्यामा संलग्न रहेको आशंकामा एक जनालाई भारतीय प्रहरीले पक्राउ गरेको छ । प्रहरीले बैतडीको पुर्चौडी नगरपालिका–५ घर भई पिथौरागढमा काम गर्दै आएका धनबहादुर बोहरालाई पक्राउ गरेको हो ।

रोजगारीका लागि पिथौरागढ गएका बैतडीको पुर्चौडी नगरपालिका–५ दहतोलीका हरिश बोहरा, उनका सहोदर भाइ वीरा बोहरा र पुर्चौडी नगरपालिका–४ भटना तडीखेतका काशी बोहराको लिङ्ग काटिएको अवस्थामा विभत्स रुपमा शव फेला परेको थियो ।

पक्राउ परेका धनबहादुर मृतक हरिश बोहराका भतिजा नाता पर्ने रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। पक्राउ परेका बोहराले आफूले नै तीनै जनाको हत्या गरेको स्वीकार गरेका छन।

धनबहादुर आफैंले हसियाले उनीहरुको लिंग काटेको प्रहरीलाई बताएका छन। कात्तिक ८ गते चारै जनाले रक्सी पिएका थिए । जबरजस्ती गरेर अझै रक्सी खुवाउन खोज्दा आफूले रक्सीले मातेको अवस्थामा तीनै जनाको हत्या गरेको धनबहादुरले भारतीय प्रहरीलाई बयान दिएका छन।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ