थम्मन थापा, बागलुङ । आजभोली परम्परागत धेरै कुराहरु लोप हुँदै गईरहेका छन् । प्रविधीको विकाससँगै परम्परागत चीजहरु लोप भएका हुन् । पहिले पहिले चाडबाड आउँदा गाउँघरतिर पिङ राख्ने प्रचलन थियो । महान चाडहरु तीज, बडा दशैं, तिहारको बेला सार्वजनिक स्थलमा परम्परागत चर्खे पिङ (चम्चा पिङ), लिङ्गे पिङ, रोटे पिङ आदी बाक्लै देख्न पाईन्थ्यो । युवाहरुको सकृयता र बुढापाको सहयोगमा पिङ राख्ने प्रचलन कुनै समय व्यापक नै थियो ।
आजभोलि गाउँघरमा युवाको जमात निकै कम छ । रोजगारीको सिलसिलामा विदेशिने क्रम निकै बढेको छ । जापान, अमेरिका, अष्ट्रेलिया, क्यानडा, दुवै, कतार, मलेसिया, भारत लगायतका राष्ट्रहरुमा नेपाली युवा युवतीहरु रोजगारीको लागि पुगेका छन । उसो त गाउँघरमा बालक देखि वृद्व वृद्वा मात्रै देख्न पाईन्छ ।
त्यस बाहेक उच्च शिक्षा र रोजगारीको लागि राजधानी काठमाण्डौ सँगै देशका विभिन्न शहरहरुमा पनि युवाहरु कार्यरत छन । जसले गर्दा गाउँघरमा मर्द पर्दा देखि चाडपर्वमा पहिले राखिने पिङहरु विस्तारै हराउँदै जान थालेका छन । अहिले गाउँ गाउँमा मोवाईल ईन्टरनेटले गर्दा मानिसको मनोरञ्जन लिने सहयात्री मोवाईल बनेको छ । धेरै ठाउँमा अप्टिकल फाईबर मार्फत विभिन्न सेवा प्रदायक कम्पनीहरुले ईन्टरनेट सेवा पुर्याएका छन । त्यस्तै नेपाल टेलिकम, एनसेल र अन्य निजी सेवा प्रदायक दुरसञ्चार कम्पनीले उच्च गतिको थ्रिजी डाटा सर्भिस र फोर जी सेवाको पनि विस्तार गर्ने क्रम तिव्र छ । हरेक चीज अहिले युट्युव र अनलाईन मार्फत हेर्न र मनोरञ्जन लिन सहज भएको छ ।
पछिल्ला पुस्तालाई पुराना परम्परागत चीजहरु प्रति न धेरै ज्ञान नै छ न त आकर्षण नै । अहिलेको युवा पुस्तालाई यि कुराहरु एका देशको कथा जस्तो हुन थालिसकेको छ । झण्डै १ दशक पछि गलकोट नगरपालिका ७ मल्ममा चर्खे पिङ (चमचा पिङ) निर्माण गरिएको छ । स्थानिय जनहित कला केन्द्रको ५ औं वार्षिकोत्सव तथा तिहार मेलालाई लक्षित गरि स्थानिय काठको प्रयोगबाट चर्खे पिङ र लिङ्गे पिङ निर्माण गरिएको हो । स्थानिय सिकर्मीहरुले २ दिन लगाएर पिङ निर्माण गरेका हुन । त्यस्तै स्थानिय बाँस र बाबियो बाटेर लिङ्गे पिङ बनाईएको हो । मेला अवधिभर पिङमा दर्शकहरु मज्जाले रमाए । अहिलेका बाल बच्चा र युवा पिडीले पनि परम्परागत स्थानिय पिङको अनुभव बटुले । मल्मका स्थानिय युवाहरु र समाजसेवीहरुको सकृयतामा उक्त २ वटा पिङहरु बनाईएको हो । पिङले अहिले थुप्रै मानिसलाई आकर्षित गरिरहेको छ ।
महान चाड तिहार शुभारम्भ भईसकेको छ । देश विदेशबाट तिहार मनाउन अहिले गाउँघरमा मानिसहरु जम्मा भएका छन । एकातिर तिहारको रौनकता छाएको छ भनें धान पराल भित्राउने र गहुँ छर्ने किसानलाई चटारो छ । तिहार सँगै कामको चापाचाप र मानिसको व्यस्तता निकै बढेको छ । लामो समय पछि परम्परागत पिङ निर्माण हुँदा स्थानिय खुसी भएका छन । हराउँदै जान थालेको संस्कृतिले फेरी एकपटक पुनर्ताजकी बनाएको छ । गलकोटमा आगामी मंसिर पहिलो हप्ता दोस्रो गलकोट घुम्टे महोत्सव सञ्चालन हुँदै छ । महोत्सवमा पनि उक्त चर्खे पिङ (चमचा पिङ) आकर्षणको रुपमा राखिने तयारी भईरहेको बताईएको छ । यसले लोप हुँदै गरेको परम्परागत पिङ प्रति पछिल्लो पुस्ताको आकर्षण त थप्ने नै छ र संस्कृति संरक्षण र सम्वर्दनमा पनि टेवा पुराउने छ भन्ने हाम्रो अपेक्षा छ ।
सम्बन्धित खबर
बागलुङ बलेवाको गणेश मावि: जहाँ शहरका विद्यार्थी पढ्छन्
बागलुङमा ‘मध्य दरमखोला ए’ हाइड्रोपावर’ निर्माण हुँदै
स्वास्थ्यमन्त्रीकै गृहजिल्लामा मनोचिकित्सक अभाव, उपचार प्रभावित
चार पटक म्याद थप्दासमेत सडक कालोपत्रे नभएपछि स्थानिय आन्दोलित
तरकारीखेती गरेर जीविकोपार्जन गर्दै बागलुङका किसान
सोलार जोडिएपछि उज्यालो बन्यो निसेलढोर
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
कथा सकिने डरले चलचित्र निर्देशक बनेका गायक प्रकाश सपूत
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी