काठमाडौं । पाँच महिना अघि उच्च शिक्षा अध्ययनका लागि दिदीसँग काठमाडौं आएर भक्तपुरको कौशलटारमा बस्दै आएकी रुपा (नाम परिवर्तन) यस पटकको तिहारमा कोठामा एक्लै परिन् । दिदी काठमाडौं बाहिर जानुपरेकोले रुपा एक्ली परेकी थिइन् । बहिनीको चिन्ता लागेर उनले आफूसँगै क्याम्पस पढने मित्रलाई अप्ठ्यारो परे भरथेग गरिदिनु है भन्दै सहयोग मागिन् । तर तिनै मित्रले बहिनीलाई बलात्कार गरिदिएपछि अहिले पीडित किशोरी भन्दा पीडामा छिन् उनकी दिदी । बिश्वासघात गरी बहिनीलाई बलात्कार गर्ने अरु कोही नभएर बिद्यार्थी नेता इन्द्रहाङ राई हुन् ।
पीडित रुपाले प्रहरीमा दिएको बयानअनुसार भाइटीकाको अघिल्लो दिन कौशलटारस्थित कोठामा एक्लै थिइन् । अप्ठ्यारो–सप्ठ्यारोमा भरथेग गर्ने राई यसबारे जानकार थिए । दिउँसो उनलाई राईले फोन गरी ‘तीन बजे देउसीभैलो सुरु हुन्छ, खेल्न आउनू’ भन्ने आग्रह गरे । सोझी रुपा दाईको आग्रह मान्दै कौशलटारबाट जोरपाटीसम्म गाडी चढेर गइन् । राई उनलाई लिन त्यहीँ पुगे । मोटरसाइकलमा हालेर माकलबारीमा रहेको एउटा घरमा पुर्याए, जहाँ उनका आफन्त डेरा गरेर बस्दै आएका थिए । त्यस दिन राईका आफन्त अन्तै गएका थिए । राईले पहिले नै बियर र केही खानेकुरा लगेर त्यहाँ राखिसकेका रहेछन् । राईले केहीबेरपछि देउसी सुरु हुने भन्दै खानेकुरा खान उनलाई आग्रह गरे । बियर पिएपछि राई ए क्कासी रुपामाथि जाइलागे । पीडित किशोरीका अनुसार सुरुमा राईले हग गरौँ भन्यो, उनले अस्वीकार गरिन, त्यसपछि ज बर्जस्ती गर्यो ।
रुपाले राईको पञ्जाबाट उम्कन ठुलै प्रयत्न गरिन । तर प्रतिकार गरे पनि उनी उम्किन सकिनन, राईको शिकार बनिन। राईले आफ्नो लिं ग पीडितको मुखमा छिराएको पीडितले बताएकी छन् । ‘उसले दुई पटकसम्म ज ब र्जस्ती मेरो मुखमा लिंग छिराइदियो,’ पीडितले भनिन । बलात्कारको क्रममा राईले धेरै धम्की दिएको पनि पीडितले बताएकी छन् । दिउँसो ३ बजेदेखि करिब साढे ३ घण्टा उनीमाथि जाइलागेका राईले उनलाई चक्कु देखाएर मार्ने सम्मको धम्की दिएका थिए ।
‘मलाई त्यहाँबाट निस्किन धेरै सकस भयो, कतै पनि भन्दिनँ अहिले यहाँबाट निस्किन दिनुस भनेपछि उसले बाइकमा बसपार्कसम्म ल्याएर छाडिदियो,’ पीडितको भनाई छ । राई अनेरास्ववियुका केन्द्रीय सदस्य तथा आरआर क्याम्पसका स्ववियु सहसचिव हुन्। कान्तिपुर दैनिकले प्रकाशन गरेको छ ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु