प्रहरी हिरासतमा रहेका महराविरुद्ध अभियोगपत्र दर्ता हुँदै

प्रहरी हिरासतमा रहेका महराविरुद्ध अभियोगपत्र दर्ता हुँदै

mahara-1

काठमाडौँ । महिला कर्मचारीमाथि बलात्कार प्रयासको अभियोगमा प्रहरी हिरासतमा रहेका निर्वतमान सभामुख कृष्णबहादुर महराविरुद्ध आज (बिहीबार) अदालतमा मुद्दा दायर हुने भएको छ ।

सरकारी वकिलको कार्यालयले बिहीबार जिल्ला अदालत काठमाडौँमा महराविरुद्ध बलात्कार प्रयास सम्बन्धी अभियोग पत्र दर्ता गर्न लागेको हो ।

पत्रदर्ता पूर्व थुनामा राखी अनुसन्धान गर्न पाउने समय सीमा २५ दिन हो र सो समय सीमा बुधबार सकिएको छ ।

सरकारी वकिलले अदालतमा अभियोग पत्र दायर गरेपछि आजबाट महराको थुनछेक बहस सुरु हुनेछ । त्यसपछि उनलाई धरौटीमा छोड्ने वा पुर्पक्षका लागि थुनामा पठाइने भन्नेबारे निर्णय हुने बताइएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds