पोखरा । लम्जुङ बेसीशहरका २९ बर्षीय नन्द प्रसाद गुरुङको उपचारको क्रममा मुत्यु भएको कास्की प्रहरीले जनाएको छ ।
भाइटीकाको दिन (मंगलबार) पोखरा-२६ तालचोकमा स्कोरपियोले ठक्कर दिँदा घाइते भएका स्कुटर चालक ग १ य ८७५ नम्बरको स्कोरपियोले बेलुका करिब ६ः३५ बजे ग १२ प ८८०० नम्बरको स्कुटर र ग ९ प ५४८२ नम्बरको स्कुटरलाई ठक्कर दिँदा घाइते भएका ८८०० नम्बरका स्कुटर चालक गुरुङको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारकै क्रममा राति साढे नौ बजेतिर मुत्यु भएको कास्कीका प्रहरी प्रवक्ता डिएसपी राजकुमार केसीले बताए ।
दुर्घटनामा अर्का स्कुटर चालक पोखरा-८ का ४६ बर्षीय अजित गुरुङ घाइते भएका छन् । उनको मेट्रोसिटी हस्पिटल पोखरामा उपचार भैरहेको छ । दुर्घटनामा घाइते भएका स्कोरपियो चालक पोखरा-३१ का ३५ बर्षीय कैलाश थापाको प्रहरी निगरानीमा मेट्रोसिटी हस्पिटलमै उपचार भैरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
कास्कीको अन्नपूर्णमा ‘हनि हन्टिङ’ महोत्सव
रिमझिम बल क्यान्डी ‘पीरो मिठाई’ पोखरा बजारमा उपलब्ध, छिट्टै देशैभर उपलब्ध हुने
लाहाचोकको ज्ञानज्योति बोर्डिङले जित्यो उपाधि
पोखरा जेसिजको अध्यक्षमा भाइराज राना सर्वसम्मत
अपाङ्ग महिला सशक्तिकरण केन्द्रको मन्त्री केसीसँग ६ बुँदे माग
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम