काठमाडौँ–प्रधानमन्त्री केपी ओली अस्वस्थ भएका छन् । प्रधानमन्त्री ओलीलाई बुधबार बिहान १० बजे ग्राण्डी अस्पताल लगिएको हो । प्रेस सल्लाहकार कुन्दन अर्यालले नियमित फलोअपका लागि लगिएको बताएका छन् । “नियमित फलोअप हो । केही जाँचहरू हुनेछन् । विवरण आएपछिमात्रै यसै भन्न सकिनेछ,” उनले भने । ओली अस्वस्थ भएपछि उनलाई काठमाडौको ग्राण्डी अस्पताल लगिएको छ ।
प्रधानमन्त्री ओलीको ११ वर्ष अगाडि २०६४ सालमा भारतको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो। मिर्गौला प्रत्यारोपणपछि उनले नियमित औषधि खाँदै आएका छन्। उक्त औषधिका कारण प्रतिरोधात्मक क्षमतामा कमि आएको डाक्टरहरुले बताउँदै आएका छन्। दुई महिना अघिमात्रै ओलीको सिङ्गापुरमा प्लाज्माफेरेसिसको माध्यमबाट शरीरमा जम्मा भएको एन्टिबडी नष्ट गरिएको थियो । गत भदौ २० गते सिङ्गापुरबाट फर्किएका ओलीको नेपालमा पनि नियमित फलोअप भइरहेको छ ।
सल्लाहकार अर्यालले स्वास्थ्य परीक्षणपछि आजै प्रधानमन्त्री बालुवाटार फर्कने बताएका छन् । यसअघि प्रधानमन्त्रीको नियमित स्वास्थ्य जाँच त्रिवि शिक्षण अस्पताल परिसरको मनमोहन कार्डियो थेरासिस भासकुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा हुँदै आएको थियो । बीचमा एक पटक ओली वीरेन्द्र सैनिक अस्पतालमा पनि स्वास्थ्य परीक्षणका लागि पुगेका थिए
सम्बन्धित खबर
घाँस काट्न गएका युवक र युवती जङ्गलमा मृत फेला
बदली, वर्षा र हिमपातको सम्भावना
आज नेपाली सेनाको दुई सय ६२ औँ स्थापना दिवस, सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह
आज महाशिवरात्रिः भगवान् शिवको पूजा–आराधना गरी मनाइँदै
आज देशभरको मौसम कस्तो रहन्छ?
अडियो काण्ड बाहिरिएपछि विष सेवन गरेका मन्त्रीका स्वकीय सचिवको मृत्यु
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु