१२ कात्तिक, काठमाडौं । प्रहरी बलात्कार गरेको आरोपमा रत्नराज्य लक्ष्मी क्याम्पसका विद्यार्थी नेता इन्द्रहाङ राईलाई पक्राउ गरेको छ । राई आरआर कलेजका स्ववियू सह–सचिव एवं अनेरास्वियूका केन्द्रीय सदस्य हुन् । उनी वीएड् तेस्रो वर्षमा अध्ययरत् छन् ।
महानगरीय प्रहरी वृत्त, बौद्धको टोलीले उनलाई मंगलबार विहान ६ बजे पक्राउ गरेको हो । पीडितले दिएको किटानी जाहेरीको आधारमा राईलाई पक्राउ गरिएको बौद्धका डीएसपी रमेशबहादुर सिंहले पुष्टि गरे । उनले भने, ‘अहिले हिरासतमा राखेका छौं । अदालत खुलेपछि जबरजस्तीकरणी सम्बन्धी कसूरमा म्याद थप्छौं ।’
राईले एक चिनजानकी १८ वर्षीया किशोरीलाई ‘काम छ भन्दै बोलाएर’ काठमाडौंको गोकणेश्वर–६ मा रहेको आफ्नो साथीको कोठामा लगेर बलात्कार गरेका प्रहरीको भनाइ छ । ‘काम छ भनेर बोलाएर साथीको कोठामा लगि बलात्कार गरेको भन्दै पीडित किशोरीले राईविरुद्ध उजुरी दिएकी छन्,’ महानगरीय प्रहरी परिसर काठमाडौं स्रोतले भन्यो, ‘पीडित युवतीलाई सोमबार राति नै उद्दार गरिएको हो । आरोपितलाई बिहान पक्राउ गरिएको हो ।’
प्रहरीले अहिले पीडित किशोरीको मेडिकल परीक्षणसहित आरोपितमाथि थप अनुसन्धान शुरु गरिएको जनाएको छ । पीडितका अनुसार राईले अपरान्ह करिब ३ः३० बजे देउसी खेल्न भनेर बोलाएर कोठामा कोही नभएको वेला लगेर जबरजस्ती गरेको पीडितले दिएको जाहेरीमा उल्लेख छ । उनले हात बाँधेर चक्कु देखाउँदै बलात्कार गरेको पीडितको बयान छ । अनुसन्धान अधिकृतका अनुसार, पीडितकी दिदी राईका साथी हुन् ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु