संसारका १४ अग्ला चुचुरो सात महिनामा टेकेर नेपालका निर्मल पूर्जाले बनाए विश्व किर्तिमान

संसारका १४ अग्ला चुचुरो सात महिनामा टेकेर नेपालका निर्मल पूर्जाले बनाए विश्व किर्तिमान

nirmal-purja

नेपाली नागरिक निर्मल पू्र्जाले विश्वकिर्तिमान कायम गरेका छन् । उनले मंगलबार चीनको अग्लो चुचुरो सिसापाङ्ग्माको शिखर चुमेसँगै सात महिनाभित्र विश्वका १४ वटा आठ हजार मिटर अग्ला चुचुरो टेकेर किर्तिमान कायम गरेका हुन् ।

पू्र्जाले ट्वीट गर्दै मंगलबार शिखर चुम्ने लेखेका थिए । उनले शिखर चुमिसकेका छन् । पूर्व ब्रिटिश गोर्खा सैनिक पूर्जाले २३ अप्रिलमा अन्नपूर्ण हिमाल चढेर आठ हजार मिटर अग्ला हिमाल चढ्न शुरु गरेकोमा २९ अक्टोबरमा सिसापाङ्ग्मा चढेर किर्तिमान बनाएका हुन् ।

यसअघि सात वर्ष ११ महिना १४ दिनमा १४ अग्ला हिमाल चढेर पोल्यान्डका आरोही जेरजी कुकुजाले सन् १९८७ मा विश्वकिर्तिमान राखेका थिए । त्यसपछि दक्षिण कोरियाली नागरिक किम चाङ होले सात वर्ष १० महिना छ दिनमा १४ हिमाल चढे ।

पूर्जा अन्नपूर्ण, धौलागिरी, कञ्चनजंघा, सगरमाथा, लोत्से, मकालु, नांगा पर्वत, गसेरब्रुम १, गसेरब्रुम २, के टु, ब्रोड पिक, चोयु, मनास्लु र सिसापाङ्ग्मा हिमालको चुचुरोमा पुगेका थिए । जसमध्ये सातवटा नेपाल, पाँचवटा पाकिस्तान र दुई चीनका हिमाल हुन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds