पूर्वराजाले भाईटीका ग्रहणपछि भने : ‘परिवर्तनकर्ताहरुलाई अप्ठ्यारो पर्न सक्छ’ (भिडियो)

पूर्वराजाले भाईटीका ग्रहणपछि भने : ‘परिवर्तनकर्ताहरुलाई अप्ठ्यारो पर्न सक्छ’ (भिडियो)

Gynandra-Shah_Bhaitika

काठमाडौं ।पूर्वराजा ज्ञानेन्द्र शाहले बहिनी शोभा राज्यलक्ष्मी शाहीसँग भाइटीका लगाएका छन् । पूर्वराजा शाह भाइटीका लगाउन बहिनी शोभाको कमलादीस्थित निवास शोभा गृहमा पुगेका थिए। टीकाको शुभ साइत ११ बजेर ५५ मिनेटमा भएपनि पूर्वराजा ज्ञानेन्द्रले बहिनी शाहीको हातबाट बिहान १० बजेर ५१ मिनेटमा भाइटीका लगाएका हुन्।

 शाहले देशमा परिवर्तनका लागि बिकास र प्रगती आवश्यक रहेको बताए । पूर्व राजाले प्रगती र बिकासलाई मनन नगरे परिर्तनकर्ताहरु नै अप्ठेरोमा पर्ने बताए । ‘जुनसुकै पनि परिवर्तन हुँदाखेरी दुईटा महत्वपूर्ण कुरा हुनुपर्छ । एउटा प्रवृत्ति र अर्को विकास । यी दुईटा कुरालाई मनन गरेन र बुझेन भने पविर्तनको माने हुँदैन, परिवर्तनकर्ताहरुलाई अप्ठ्यारो पर्न सक्छ’ उनले भने ।

विकास भनेको कुरा सर्वसाधारणले सजिलोसँग सरल ढंगले अनुभव गर्नुपर्ने कुरा हो तर आज कसैको कुरा काट्ने वा खुट्टा तान्ने दिन होइन । आज परिवारजनसँग शान्त सुखद वातावरणमा बस्ने अवसरको दिन भएको उनले बताए ।

तिहारका अवसरमा आम नेपालीलाई शुभकामना ब्यक्त गर्दै उनले धन हुनेलाई मन र मन हुनेलाई नेपालीपन प्राप्त होस भन्ने कामना गरे । पूर्व राजा ज्ञानेन्द्रले १० बजेर ५१ मिनेटको साइतमा बहिनी शोभा राज्यलक्ष्मी शाहको हातबाट टीका र प्रसाद ग्रहण गरेका हुन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds