पोखरा । रिफ्रेसमेन्टका लागि केही समय यता पोखरामा रहेका पूर्वयुवराज पारस शाह तिहारमा पनि काठमाण्डौ गएनन् । पछिल्लो समय उनी आइतबार रुपाकोटस्थित रुपाकोट रिसोर्टमा भेटिए ।
दशैंदेखि नै पोखरामा रमाइरहेका पारसले तिहार पनि पोखरामै मनाउने बताउँदै थिए । उनले भने, ‘तिहारमा पनि काठमाडौं जाँदिन, सोमबार बहिनी पोखरामै आउँछिन् ।’ एक्वा कलरको ब्रसलेट, लेदरको पाइन्ट, निलो स्वेटरमाथि लेदरकै स्टकोट लगाएका पारसले रुपाकोट रिसोर्ट २ घण्टा बिताए । सुरुमा जुस लिए । भ्यू प्वाइन्टबाट रुपा र बेगनास तालको रुप नियाले । धौलागिरी, अन्नपूर्ण, मनास्लु र माछापुच्छ्रे हिमालको रेञ्जको अवलोकन गरे । अर्काइभका लागि क्यामराबाट आफैंले केही तस्बिर पनि लिए ।
रुपाकोटमा पूर्वयुवराज पारस र सोनिका सँगै थिए । पारस कालो रंगको पजेरो चढेर आइतबार साढे १२ बजे रुपाकोट रिसोर्ट पुगेका थिए । र, २ बजे त्यहाँबाट फर्किए । सोनिका आउँदा, जाँदा र रिसोर्टमा बस्दा पारससँगै थिइन् ।केही समययता हार्ले डेभिन्सनको बाइकमा पोखरामा घुमिरहेको भिडियो टिकटक जस्ता सामााजिक सञ्जालमा खुबै चर्चित भएको थियो । पछिल्लो समय पारस र युटुवर सोनिका रोकायाबीचको सम्बन्धबीच निकै चर्चा चलिरहेको छ । सामाजिक सञ्जालदेखि आमसञ्चार माध्यमसम्म उनीहरुको फोटो, भिडियो र सम्बन्धको चर्चा छ ।
-क्लिकमाण्डू
पोखरामा पारस र सोनिका ! ‘हाम्रो भेट भगवानले जुराएको, पारस सरकार मलाई सुधार्ने प्रयासमा हुनुहुन्छ’ (भिडियोसहित)
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु