अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तरी सिरियामा स्लामिक स्टेट (आइसिस)का प्रमुख अबु बकर अल बग्दादीलाई अमेरिकी कमान्डोहरूले मारेको जानकारी दिएका छन्। आइतबार साँझ पत्रकार सम्मेलन गर्दै राष्ट्रपति ट्रम्पले बग्दादी शनिबार राती सिरियामा मारिएको पुष्टि गरेका हुन्।
आइतबार दिउँसो बग्दादी मारिएको खबर सार्वजनिक भए पनि यसबारे साँझ ट्रम्पले आफैं जानकारी दिने राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको थियो। पत्रकार सम्मेलनमा ट्रम्पले बताएअनुसार बग्दादीलाई अमेरिकी सैन्य कुकुरहरूले सुरूङभित्र लखेट्दै गएपछि उनले सुसाइड (बमजडित) भेस्ट पड्काएका थिए। सोही क्रममा उनका तीन सन्तानको समेत निधन भएको ट्रम्पले बताए। घटनामा दुई जना महिलाको पनि मृत्यु भएको छ जो उनका श्रीमती हुनसक्ने अनुमान गरिएको छ।
राष्ट्रपति ट्रम्पले उत्तरी सिरियामा विशेष सैन्य अपरेशन गर्ने अनुमति दिएका थिए। सोही अपरेशन क्रममा अमेरिकी सैन्य विमान तथा हलिकप्टरले बग्दादी बसेकाे ठाउँमा आक्रमण गरेका थिए। आक्रमण क्रममा अमेरिकी सेनाहरू विमान तथा हेलिकप्टरबाट झरेर बग्दादी बसेको घरमा गोली हानेका थिए।
यसपछि बग्दादी आफू बसेको ठाउँबाट आफ्ना तीन सन्तानसहित भागेर एउटा सुरूङभित्र छिरे। सुरूङ एकतर्फी मात्र भएकाले उनीहरू उम्किन सकेनन्। बग्दादीहरू सुरूङभित्र छिरेपछि अमेरिकी सेनाका कुकुरहरू पछिपछि लखेट्दै भित्र छिरेका थिए। भाग्न सक्ने अवस्था नभएपछि बग्दादीले आफ्नो शरीरमा लगाइराखेको सुसाइड भेस्ट पड्काउँदा उनीहरू मारिएको ट्रम्पले जानकारी दिएका छन्।
‘बग्दादी डरपोक भएर मर्यो। अब संसार धेरै सुरक्षित महशुस भएको छ,’ ट्रम्पका भनाइ उद्धृत गर्दै सिएनएनले लेखेको छ, ‘बग्दादी पछिल्लो समय खुबै डराएको थियो। उसलाई अमेरिकी शक्तिले परास्त गर्छ भन्ने ठूलो डर थियो।’
ट्रम्पका अनुसार केही साताअघिदेखि नै बग्दादीमाथि नजर राखिएको थियो। आक्रमणमा मारिएका व्यक्ति बग्दादी नै हुन् भनेर पुष्टि गर्न अमेरिकी सेनाले ‘ल्याब’ नै बोकेर गएको पनि बताइएको छ।
धेरै वर्ष लुकेर बसेका बग्दादीलाई यसै चिन्न सकिन्थेन। बग्दादीको सही पहिचान गर्न अमेरिकी सेनाले उनको डिएनए घटनास्थलमै लिएर गएका थिए। बग्दादी मारिएपछि त्यहीँ उनको डिएनए परीक्षण गरिएको थियो। यसरी मारिने व्यक्ति बग्दादी नै भएको ट्रम्पले पुष्टि गरेका छन्।बग्दादी बसेको घरमा हमला गर्दा त्यहाँ भएका ११ जना केटाकेटीलाई सुरक्षित बाहिर निकालिएको पनि ट्रम्पले जनाएका छन्।
गत वर्ष रसियाली सेनाले आफ्नो आक्रमणमा बग्दादी मारिएको दाबी गरेको थियो। रसियाली सेनाको सो दाबीलाई गलत सावित गर्दै वैशाखमा बग्दादी एक भिडिओमार्फत सार्वजनिक भएका थिए।
भिडिओमा उनले सिरियामा मारिएकाहरूको बदलाका रूपमा ८ देशमा दर्जनौं आक्रमण गरेको बताएका थिए। साथै सिरियामा गुमाएको भूभागको बदला लिने भनाइ राखेका थिए। उनी सन् २०१४ यता देखिएका थिएनन्। सार्वजनिक भएको भिडिओमा बागुजमा आफूहरू पराजित भएको उनले स्वीकार गरेका थिए।
को हुन् बग्दादी?
आइसिस प्रमुख बग्दादी संसारकै प्रमुख ‘वान्टेड’ व्यक्ति थिए। सन् २०११ मा अमेरिकाले बग्दादीलाई आतंकवादी घोषणा गर्दै उनको गिरफ्तारी वा हत्या गर्नेगरी सूचना दिनेलाई दश करोड अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको थियो।
सिरिया र इराकको ठूलो भूमि आफ्नो नियन्त्रणमा लिएर आइसिसले लामो समयसम्म आतंकवादी गतिविधि चलाउँदै आएको थियो। आइसिसले ६ महिनाअघि श्रीलंकाका विभिन्न ठाउँमा आक्रमण गरेको थियो जसमा २५९ जनाको मृत्यु भएको थियो। मृत्यु हुनेमा ४५ जना विदेशी थिए।
ओसामा बिन लादेनले नेतृत्व गरेको आतंकवादी समूह अलकाइदा कमजोर हुँदै गएपछि आइसिसको प्रभाव बढ्दै गएको थियो। अलकाइदाका प्रमुख लादेनलाई पाकिस्तानमा उनी लुकेर बसेको एउटा घरमा आक्रमण गरेर अमेरिकाले मारिसकेको छ। त्यस्तै अमेरिकी सेनाले नेतृत्व गरेको संयुक्त फौजले अफगानिस्तानमा १० वर्ष लामो युद्धमा अलकाइदामाथि ठूलो क्षति पुर्याएको छ।
सन् १९७१ मा उत्तरी इराकमा जन्मिएका बग्दादीलाई आतंकवादी हमला र लडाइँमा चतुर रणनीतिकार मानिन्थ्यो। उनी सुरूमा सन् २०१० मा इराकमा अलकाइदाको नेताका रूपमा उदाएका थिए। पछि अन्य आतंकवादी समूहहरू मिलाएर उनले आइसिसको नेतृत्व सम्हालेका थिए।
कसरी मारियो छापा ?
ट्रम्पले भनेका छन्, अमेरिकी खुफिया एजेन्सीले पहिलादेखि नै बग्दादीलाई पछ्याइरहेको थियो । र, उनीहरुलाई थाहा थियो, बग्दादी यहाँको कुनै सुरुङमा छन् । जसमध्ये कतिपय सुरुङमा बाहिर निस्कने बाटोसमेत थिएन । ट्रम्पले यो मिसनमा ठूलो संख्यामा स्पेशल फोर्सलाई संलग्न गराए, जसमा आठ हेलिकप्टर, कयौं पोत र प्लेन पनि संलग्न भए ।
अमेरिकी हेलिकप्टर टर्कीको आकास हुँदै गयो, सिरियाली र रुसी सेनाको नियन्त्रणको क्षेत्र पनि पार गर्यो । अमेरिकी अपरेशनबारे रुसलाई जानकारी नभएको तर उसले आफ्ना हेलिकप्टरहरुलाई जान दिएको भन्दै ट्रम्पले भने, ‘रुसले सहयोग नै गर्यो ।’
उनले अघि भने, ‘यो डर थियो कि हामी आफैं त आगोमा पर्दैनौं ? कहिले रफ्तार निकै कम गर्नुपर्थ्यो त कहिले निकै तीव्र । जब हेलिकप्टर बग्दादी रहेको क्षेत्रमा पुग्यो, तब गोलाबारी सुरु भयो । यसलाई समाप्त पाार्न हामीलाई धेरै बेर लागेन ।’
बरिशा गाउँका एक व्यक्तिले बीबीसीलाई भने, ‘जमिनमा बस्नुअघि हेलिकप्टरबाट ३० मिनेटसम्म गोलाबारी भयो । हेलिकप्टरबाट दुई घरमा मिसाइल पनि हानियो । एउटा घर पूरै ध्वस्त भयो ।’
ट्रम्पका अनुसार बारिशा गाउँमा पहिले एउटा हेलिकप्टर ल्याण्ड भयो । अमेरिकी स्पेशल फोर्सका जवानहरु बगदादी रहेको परिसरको पर्खालमा बसे ताकि मूल ढोकामा फस्नबाट बचियोस् । त्यसपछि अपरेशन सुरु भयो ।
अमेरिकी राष्ट्रपति ट्रम्पले भने, ‘पहिले पुरै कम्पाउण्ड खाली गरियो, या त आत्मसमर्पण गरुन् या मारिउन् । ११ बच्चालाई बाहिर निकालियो । त्यसपछि सुरुङमा बग्दादी मात्र रहे । बग्दादी सुरुङमा भाग्न लागे, तर त्यो सुरुङमा बाहिर निस्कने बाटो थिएन । त्यसक्रममा बग्दादी निकै रोएको उनले बताए ।
ट्रम्पले भने, ‘उनी सुरुङको अन्तिम किनारामा पुगे । हाम्रो कुकुरले उनलाई पछ्याइरहेको थियो । आखिरमा उनी खसे र कम्मरमा बाँधेको विस्फोटकमा आफू र सँगै लगेका तीन बच्चालाई उडाए । विस्फोटका कारण उनको शरीर टुक्राटुक्रा भएको थियो । सुरुङ पनि क्षगिग्रस्त भयो ।’
ट्रम्पले भने, ‘१५ मिनेटभित्रै बग्दादी मारिए ।’
बग्दादी मारिएकोमा किन ढुक्क छ अमेरिका ?
राष्ट्रपति ट्रम्पले भनेका छन् जो व्यक्तिले आफूलाई आत्मघाती विस्फोट गराए, उनको शरीरको अवशेषको तत्काल डीएनए जाँच गरिएको थियो, र त्यसबाट मृतक बग्दादी नै भएको पुष्टि भएको छ ।
अमेरिकी स्पेशल फोर्ससँगै विज्ञ पनि रहेको र उनीहरुले नै डीएनए टेष्ट गरेका थिए । विज्ञ टिमले उनको शरीरको केही भाग पनि ल्याएका छन् ।
यद्यपि अहिलेसम्म बग्दादीको मृत्यु भएको स्वतन्त्र पुष्टि भएको छैन ।
यो अपरेशनका क्रममा अमेरिकी स्पेशल फोर्सलाई कुनै क्षति नभएको राष्ट्रपति ट्रम्पले बताए । यद्यपि बग्दादीलाई पछ्याउने क्रममा अमेरिकी सेनाका एक कुकर घाइते भएको बताइएको छ ।
बरु ठूलो संख्यामा बग्दादीका मानिसहरु मारिएका छन् । मारिनेमा बग्दादीका दुई पत्नी पनि छन् । दुवैले आफ्नो शरीरमा विस्फोटक पदार्थ राखेका थिए, तर पडि्कन पाएन ।
बग्दादी लुकेको गाउँको सूचना उनकै श्रीमतीले दिएका थिए अमेरिकीहरूलाई
आइसिस प्रमुख बग्दादी संसारकै ‘मोस्ट वान्टेड’ व्यक्ति थिए। सिरिया र इराकको ठूलो भूमि आफ्नो नियन्त्रणमा लिएर आइसिसले लामो समय आतंकवादी गतिविधि चलाउँदै आएको थियो। सन् २०११ मा अमेरिकाले बग्दादीलाई आतंकवादी घोषणा गर्दै उनको गिरफ्तारी वा हत्या गर्ने गरी सूचना दिनेलाई दस करोड अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको थियो।
ओसामा बिन लादेनले नेतृत्व गरेको आतंकवादी समूह अलकायदा कमजोर हुँदै गएपछि आइसिसको प्रभाव बढ्दै गएको थियो। अलकायदा प्रमुख लादेनलाई पाकिस्तानमा उनी लुकेर बसेको एउटा घरमा आक्रमण गरेर अमेरिकाले मारिसकेको छ। बग्दादी पनि सुरूमा सन् २०१० मा इराकमा अलकायदाको नेताका रूपमा उदाएका थिए। पछि अन्य आतंकवादी समूहहरू मिलाएर उनले आइसिसको नेतृत्व सम्हालेका थिए।
धेरै वर्षसम्म लुकेर बसेका बग्दादीलाई खोज्न अमेरिकाले निकै लामो तयारी गरेको थियो। बग्दादी लुकेर बसेको ठाउँ पत्ता लगाउन सहज थिएन। र, अमेरिकाले खोजेकै भरमा बग्दादी फेला परेका पनि होइनन्।
बग्दादीलाई अमेरिकी सेनाको हातसम्म पुर्याउन उनकै खबरवाहक र श्रीमतीहरूले सघाएका थिए। यसको कथा गत वर्षबाटै सुरू हुन्छ।
अमेरिकी एजेन्सी सिआइएले गत वर्ष बग्दादी लुकेको गाउँको सूचना पाएको थियो। उनी उत्तरी सिरियाको एउटा गाउँमा लुकेका थिए जुन गाउँ उनकै प्रतिद्वन्द्वी आतंकवादी समूह अलकायदाको नियन्त्रणमा छ।
यो खबर सिआइएलाई बग्दादीकै श्रीमतीहरू र एक जना खबरवाहकले दिएका थिए। आतंकवादी समूहमा सूचना तथा खबर आदानप्रदानका लागि कुनै विशेष मान्छे नियुक्त भएका हुन्छन्। उनीहरूले ‘खबरी’को काम गर्छन्। बग्दादीका यी खबरी र श्रीमतीहरू पक्राउ परेपछि सोधपुछ क्रममा बग्दादीको ठेगाना पत्ता लागेको अमेरिकी अधिकारीहरूले बताएका छन्।
ठाउँ पत्ता लागिसकेपछि सिआइएले बग्दादीको चालचलनमा जासुसी गर्न इराकी र कुर्दिस एजेन्सीहरूसँग सहकार्य गर्यो। अमेरिकीहरूले बताएअनुसार कुर्दिसहरूले बग्दादीमाथि नजर राख्दै सिआइएलाई सूचना दिइरह्यो।
एक जना सिरियन इञ्जिनियरका अनुसार बग्दादी अर्को उग्रवादी समूह ‘हुर्रास अल-दीन’ का कमान्डर अबु मोहम्मद सलामाको घरमा बसेका थिए। ती कमान्डरको बग्दादीसँग के सम्बन्ध थियो भन्ने खुलेको छैन। बग्दादीलाई उक्त घरमा हमला गर्दा ती कमान्डर थिए, थिएनन् वा उनको अवस्था के छ भन्ने पनि प्रष्ट छैन।
बग्दादी बसेको ठाउँ पत्ता लागेपछि अमेरिकी सेनाहरूले उनलाई पक्रने-मार्ने योजना बनाउन थाले। तर उनीहरूले सोचेजस्तो सहज भएन। बग्दादी अलकायदाले घेरेको गाउँको बीचमा लुकेका थिए जुन गाउँको आकाश सिरिया र रसियाको नियन्त्रणमा छ। धेरै प्रयास गर्दा पनि सफल हुने छाँट नदेखिएपछि सेनाहरूले दुईपटक हात झिकेका थिए।
अघिल्लो साता मात्र उनीहरूले फेरि बग्दादीमाथि आक्रमणको योजना बनाए। अमेरिकी अधिकारीका अनुसार बग्दादी उक्त ठाउँबाट निस्कने तयारी गरिरहेको जानकारी उनीहरूले पाएका थिए। उनी त्यहाँबाट भागेका भए नयाँ ठेगाना पत्ता लगाउन अमेरिकी सेनालाई अति नै मुश्किल हुने थियो।
गत शुक्रबार राष्ट्रपति ट्रम्पले अपरेशन गर्न निर्देशन दिएपछि कमान्डोहरू बग्दादी लुकेको गाउँमा हमला गर्न पुगेका थिए। शुक्रबार मध्यरातमा आठवटा हेलिकप्टर इराकको इर्बिल नजिकैको अमेरिकी सैन्य क्याम्पबाट उडे। अरूको ध्यान नखिचिओस् भनेर तलतल तर चाँडो उडेका हेलिकप्टर सिरियाको आकाशभरि ७० मिनेटसम्म उडेका थिए। यो उनीहरूका लागि जोखिमपूर्ण थियो।
पश्चिमी सिरियाको बरिशा क्षेत्रमा (बग्दादी लुकेको गाउँ) पुगेपछि ल्यान्ड गर्नुअघि नै कमान्डोहरूले हेलिकप्टरबाटै तल जमिनमा गोली चलाए। सेना र कुकुरहरूहरू बग्दादी बसेको घरमा सुरक्षित जान सकून् भनेर उनीहरूले कभर दिए।
ट्रम्पले बताएअनुसार हेलिकप्टरबाट गोली चलेपछि कमान्डोहरू बग्दादी बसेको घरको मूलढोकामा पुगे। उनीहरूलाई त्यो पासो मात्रै थापिएको हो कि भन्ने लागिरहेको थियो। कतै जान सक्ने अवस्था थिएन।
जसै त्यहाँको पर्खाल भत्कियो र कमान्डोहरू अगाडि बढे, आइसिसका लडाकूहरूसँग उनीहरूको आमनासामना भयो। यी सबै घटना सैन्य विमानमा भएका क्यामराले रेकर्ड गरिरहेको थियो। राष्ट्रपति ट्रम्पले आफू र अरू अधिकारीहरूले ह्वाइट हाउसमा बसेर सबै विवरण हेरेको बताएका छन्।
घरभित्र पसेका कमान्डोहरूले चलाएको गोलीले केही मान्छे मारिए। उनीहरू अगाडि बढेपछि एक जना अरेबियन व्यक्तिले त्यहाँ भएका केटाकेटी, केही महिला र पुरूषलाई कसरी भाग्ने भनेर सुझाइरहेको देखे। ती व्यक्तिहरू लडाकू थिएनन्। बग्दादी त्यहीँ थिए जसले ११ जना केटाकेटी आफ्नो बचाउका लागि राखेको ट्रम्पले बताएका छन्।
कमान्डोहरूलाई देखेपछि बग्दादी अन्डरग्राउन्ड सुरूङभित्र छिरेका थिए। ट्रम्पका अनुसार बग्दादीले तीन जना केटाकेटी आफूसँगै लिएर सुरूङभित्र छिरे। ती केटाकेटी बग्दादीले आफ्नो बचाउका लागि लगेको अनुमान छ।
बग्दादीले सुसाइड (बमजडित) भेस्ट लगाएका भएर कमान्डोहरू उनको पछिपछि जान डराए। यसपछि उनीहरूले सैन्य कुकुरहरूलाई सुरूङभित्र पठाएको ट्रम्पले बताएका छन्। बग्दादी छिरेको सुरूङ एकतर्फी थियो।
‘कुकुरहरूले लखेटिरहेको र भाग्ने अवस्था नभएपछि बग्दादीले सुसाइड भेस्ट पड्काए। उनीसँगै भएका तीन जना केटाकेटी पनि मारिए,’ ट्रम्पले भनेका छन्। यसअघि ती तीन जना केटाकेटी बग्दादीका सन्तान हुनसक्ने भनिए पनि यकिन भएको छैन।
अमेरिकी रक्षामन्त्री मार्क टि इस्परले दुई घन्टासम्म चलेको हमलाबारे जानकारी दिँदै भने, ‘बग्दादीले आफ्नो बचाउका लागि धेरै केटाकेटी र महिलाहरू राखेका थिए। हाम्रो विशेष टोली उनीहरूलाई बाहिर निकाल्न सफल भयो। राष्ट्रपति ट्रम्पले भनेझैं बग्दादीले केही साना केटाकेटी आफूसँगै लिएर गए र मारिए।’
ट्रम्पले ११ जना केटाकेटी सुरक्षित निकालिएको बताएका छन्। ट्रम्पले अझै विस्तारमा भनेका थिए, ‘मैले सबै घटना हेरेँ। बग्दादी रूँदै-कराउँदै सुरूङभित्र छिरेका थिए।’
इस्परले भने यी कुरा भनेनन्। आफूलाई यी सबै विवरण थाहा नभएको उनले बताए। ‘सायद राष्ट्रपतिले फिल्डमा भएका कमान्डोहरूसँग कुरा गर्ने मौका पाउनुभयो,’ इस्परले भनेका छन्।
वासिङटनको समयअनुसार शनिबार राति ७ः१५ मा बग्दादी मारिएको खबर कमान्डोहरूले दिएका थिए। घटनामा अरू पनि केही ‘दुश्मन’ मारिएको राष्ट्रपति कार्यालयले बताएको छ।
राष्ट्रपति कार्यालयका अनुसार घटनामा दुई अमेरिकी सेना सामान्य घाइते भएका थिए जो अहिले काममा फर्किसकेका छन्। बग्दादीले गरेको विस्फोटमा अमेरिकी सैन्य कुकुर घाइते भएको थियो। समान्यतया नराम्ररी घाइते भएका यस्ता सैन्य कुकुरलाई औषधि दिएर मार्ने गरिन्छ।
बग्दादी मारिएपछि ती ११ जना केटाकेटी स्थानीय एक महिलालाई सुम्पिएको छ। त्यसपछि सेनाले हमला क्षेत्र ध्वस्त पार्ने आदेश दिएका थियो। घटनासँग जानकारका अनुसार बग्दादी मारिएको ठाउँ जस्ताको त्यस्तै छाडिए आइसिसपछिका सदस्यहरूले यसलाई आफ्ना प्रमुख मारिएको विशेष ठाउँका रूपमा लिन सक्नेछन्। यसैले घरको नामनिसान मेटाइएको हो।
आक्रमणमा मारिएका व्यक्ति बग्दादी नै हुन् भनेर पुष्टि गर्न अमेरिकी सेनाले ‘ल्याब’ नै बोकेर गएको बताइएको छ। धेरै वर्ष लुकेर बसेका बग्दादीलाई यसै चिन्न सकिन्थेन। सही पहिचान गर्न अमेरिकी सेनाले बग्दादीको डिएनए घटनास्थलमै लिएर गएको थियो। बग्दादी मारिएपछि त्यहीँ उनको डिएनए परीक्षण गरियो। यसरी मारिने व्यक्ति बग्दादी नै भएको ट्रम्पले पुष्टि गरेका हुन्।
सबै काम सकिएपछि अमेरिकीहरू आफ्नो हेलिकप्टरमा चढेर इराक फर्किए। आक्रमण क्रममा लडाकू विमानहरूमा क्षति पुगेको छ।
बग्दादीलाई मारेर हेलिकप्टर उडेको चार घन्टापछि राष्ट्रपति ट्रम्पले शनिबार मध्यरातमै ट्विट गरेका थिए- केही ठूलो घटना भयो।
सम्बन्धित खबर
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
अनुदानमा प्राप्त ९ रुपैयाँको नुन किन्न २५ सय खर्च
मिठ्ठो पिरो क्यान्डी ‘रिमझिम बल’ आजको दिनमा पनि किन सान्दर्भिक छ ?
रविलाई पर्सा लगिँदै
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
कथा सकिने डरले चलचित्र निर्देशक बनेका गायक प्रकाश सपूत
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी