विराटनगर– दीपावली गर्ने क्रममा आइतबार राति भएको आगलागीमा परेर मोरङमा एक बालकको ज्यान गएको छ । मोरङको पथरी शनिश्चरे नगरपालिका–५ स्थित युवराज गिरीका ४ वर्षीय छोरा युसन गिरीको आगलागीमा परेर ज्यान गएको हो ।
दीपावली गर्ने क्रममा लागेको आगोमा परेर घर भित्र सुतिरहेका ४ वर्षीय युसनको ज्यान गएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङले आगलागीबाट ६० हजार नगद, सुन–चाँदीका गरगहना, लत्ता–कपडा समेत जलेर नस्ट भएको जनाएको छ ।
झिलीमिली बत्ती जडान गर्ने क्रममा एक जनाको मृत्यु
धनुषामा दीपावली पर्वको तयारीमा सावधानी नअपनाइदा एक किशोरको मृत्यु भएको छ । लक्ष्मीपूजाका अवसरमा आइतबार साँझ झिलीमिली बत्तीको तार जडान गर्ने क्रममा रामगोपालपुर नगरपालिका–८ टिकुलिया बजारमा प्रवाह भएको विद्युतको झट्काले धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका–२१ निवासी १५ वर्षीय किशोर खगेन्द्र साहको मृत्यु भएको महोत्तरी जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
टिकुलिया बजारस्थित जयमहाराजा ज्वेलर्स (सुनचाँदी पसल) मा झिलीमिली बत्ती जडान गर्ने क्रममा उनको मृत्यु भएको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए । उक्त बत्ती जडान गर्ने क्रममा मुख्यपोलको तारबाट प्रवाह भएको विद्युतीय झट्काले साहको घटनास्थलमै मृत्यु भएको थियो । प्रहरीले शवपरीक्षणका लागि जनकपुर अञ्चल अस्पतालमा पठाएको छ ।
सम्बन्धित खबर
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
अनुदानमा प्राप्त ९ रुपैयाँको नुन किन्न २५ सय खर्च
मिठ्ठो पिरो क्यान्डी ‘रिमझिम बल’ आजको दिनमा पनि किन सान्दर्भिक छ ?
रविलाई पर्सा लगिँदै
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
तनहुँमा बसबाट खसेर सहचालक पोखराका युवकको मृत्यु
गोवामा प्याराग्लाइडिङ गर्ने क्रममा दुर्घटना हुँदा नेपाली पाइलटसहित दुईजनाको मृत्यु
विद्यार्थी घटेपछि पर्वतका दुई क्याम्पस गाभिए