४२ वर्षीय अशक्त महिला बलात्कारको आरोपमा तनहुँमा १९ वर्षीय शंकर विश्वकर्मा पक्राउ

४२ वर्षीय अशक्त महिला बलात्कारको आरोपमा तनहुँमा १९ वर्षीय शंकर विश्वकर्मा पक्राउ

rape-new

तनहुँ। अशक्त महिला बलात्कारको आरोपमा तनहुँमा एक युवक पक्राउ परेका छन् । ४२ वर्षीया महिलाको बलात्कारको आरोपमा तनहुँको भिमाद ३ का १९ वर्षीय शंकर विश्वकर्मा पक्राउ परेका हुन् ।

शारिरीक रुपले पूर्ण अशक्त रहेकी महिलाको बलात्कार गरेको आरोपमा उनलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो । घरमै बसिरहेका बेला महिलालाई विश्वकर्माले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपि लिलाराज लामिछानेले जानकारी दिएका छन् ।

पीडित महिलालाई दमौली अस्पतालमा उपचार पछि डिस्चार्ज गरिएको लामिछानेले जानकारी दिए । विश्वकर्मालाई अदालत खुलेपछि अदालतमा हाजिर गराइने लामिछानेले बताए ।

अहिले तिहार बिदाका कारण अदालत बन्द रहेको र अदालत खुल्ने दिनमै अदालत लगिने लामिछानेले जानकारी दिएका हुन् । तनहुँमा यस आर्थिक वर्षमा बलात्कारका घटना बढिरहेको छ ।

यस आर्थिक वर्ष २०७६ -२०७७ को पहिलो चौमासिकमा मात्र बलात्कारका ६ वटा घटना प्रहरी समक्ष पुगेको छ । बलात्कारको ६ वटा घटनामा ७ जनालाई पक्राउ गरेको लामिछानेले जानकारी दिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds