काठमाडौं । आफूले पालेको कुखुराले सानो अण्डा पार्दा खनियावास गाउँपालिका २ झार्लाङ कलङम्रङका सोमबहादुर तामाङ प्रहरी नियन्त्रणमा परेका छन्। अन्नपूर्णपोष्टमा मनिष दुवाडीको खवर छ ।
उनले पालेका कुखुराको खोरमा सधैंभन्दा सानो अण्डा भेटिएको थियो। कुखुराले सानो अण्डा पारेपछि सोमबहादुरले छिमेकीलाई देखाए। एकले अर्कोलाई देखाउँदै गर्दा सो अण्डा भालेले पारेको र १ करोड रुपैयाँभन्दा बढी पर्ने हल्ला चल्यो।
त्यसपछि धेरै मूल्य पाउने प्रलोभनमा सोमबहादुरले अण्डा लुकाए। त्यसको पर्सिपल्ट अण्डा गायव हुँदा उत्पन्न परिस्थितिपछि सोमबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनले छिमेकीलाई आफूले पालेको कुखुराले पारेको अण्डा देखाउँदा भालेको अण्डा सानो हुने र त्यो बहुमूल्य हुने चर्चा सुने। १ करोडभन्दा बढीमा त्यो अण्डा बिक्री हुन्छ भन्ने हल्ला गाउँमा चलेपछि उनले अण्डाको फोटो खिचेर घरभित्रै अन्नको भकारीभित्र लुकाए।
सदरमुकाममा रहेका आफन्तलाई भालेले पारेको अण्डा आफूसँग रहेको र ग्राहक खोजीदिन खबर पठाए। दुई दिनपछि हेर्दा अण्डा राखेको ठाउँमा भेटिएन। अण्डा हराएपछि उनले आफूले विश्वास गरेको लामा झाँक्री (गजबहादुर लामा)लाई हेराए।
झाँक्रीले सोमबहादुरकै छिमेकी रामकुमार तामाङले चोरेर चितवन पठाएको भनिदिए। झाँक्रीले अण्डा चोरेको आरोप लगाएका रामकुमार तामाङ र सोमबहादुरको साला नाता पर्ने मंगबहादुर तामाङबीच चोरीको विषयमा सदरमुकामस्थित एक होटलमा झगडा भयो। उनीहरूको झगडापछि ‘भालेको अण्डा काण्ड’ मा प्रहरीको प्रवेश भएको हो।
सम्बन्धित खबर
कृष्णभीरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
धादिङको आदर्श बहुमुखी क्याम्पसमा क्रान्तिकारीले आफै स्ववियु गठन गरेर चकित पार्यो
धादिङमा होली खेल्न भनी गएका २ किशोरी बेपत्ता
धादिङमा मन्दिरमा पानी लिएर गएको ट्याङ्कर दुर्घटना, २ जनाको मृत्यु
नारायणघाटबाट काठमाडौँ जाँदै गरेको माइक्रो धादिङमा दुर्घटना, ५ जना घाइते
धादिङमा लेनदेन विवादमा युवकको हत्या, एक जना पक्राउ
यो पनि पढौँ
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
कश्मीरमा मारिएका नेपालीको पहिचान खुल्यो, बुटवलका २७ वर्षीय सुदीप न्यौपाने
पोखराको फिर्के पुल निर्माण ठेक्का तोड्यो सडक विभागले
वैशाख ११ गतेदेखि नियमित कक्षा सञ्चालन गर्न पोखरा महानगरको अनुराेध