आज यमपञ्चकको तेस्रो दिन अर्थात, कुकुर तिहार पर्व रहेको छ । यस दिन कुकुरको पूजा गर्दै मीठामीठा खानेकुरा दिई मनाइँदैछ । सामान्यतया कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने गर्छ | नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार यस वर्ष भने तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको छ ।
कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठामीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वास छ । यही विश्वासका आधारमा कुकुर तिहार मनाइएको हो ।
कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रुपमा लिइन्छ । वैवस्वत मन्वन्तरको कुलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको धार्मिक विश्वास छ । घरमा कुकुर पाल्नाले मुटु र मधुमेह रोग लाग्दैन भनी विश्वास गर्नेको सङ्ख्यासमेत बढ्न थालेको छ ।

कुकुर स्वामीभक्त र इमान्दार प्राणी भएकाले यसको आज सवैले पूजा गरेका हुन् । कुकुरले आफु आश्रय लिएको घरको सँधै देखभाल र खासगरी रात्री समयमा सचेततापूर्वक सूरक्षा प्रदान गर्दछ । त्यस्तै अन्य हिंस्रक जीवजन्तु, चोर, लुटेराहरुबाट धनमाल र घर मालिकको सूरक्षा गर्दछ ।
चाणक्य नीतिमा कुकुर धेरै खान सक्ने जनावर भएर पनि थोरै खाएर सन्तुष्टि लिनसक्ने, चिर निन्द्रामा नपरि तुरुन्तै ब्युँझन सक्ने, घ्राणशक्ति तेज भएको, सुरो र अत्यन्तचनाखो प्राणी भनेर उल्लेख गरिएको छ । धार्मिक ग्रन्थहरु अनुसार कुकुर यमराजको द्वारपाल हो । कुकुर तिहारका दिन कुकुरको पूजा गरी खानेकुरा खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नाम गरेका कुकुरले यमलोक जाँदाबाटो छाडिदिने धार्मिक विश्वास रहेको छ । महाभारत पुराणको कथा अनुसार धर्मराज युधिष्ठिरले आफू स्वर्ग जाँदा संगै कुकुरलाई पनि लगेको उल्लेख गरिएको छ ।
कुकुरघरपालुवा आज्ञाकारी, रक्षक एवं गुनिलो जनावर हो । कुकुरले विनासकारी प्राकृतिक प्रकोप तथा दैवीविपत्तिका बेला पुर्वसुचित भई भुकेर त्यसको संकेत गर्न सक्छ भन्ने विश्वास छ ।आधुनिक समयमा कुकुरका बिभिन्न नश्ल र जातहरुको विकास गरी सौखका निमित्त समेत कुकुरपाल्ने चलन बढेको छ । शहर बजारमा महंगा मुल्यमा कुकुरहरु खरिद बिक्री हुने गर्दछन्। घरमा कुकुर पाल्नाले मुटु र मधुमेह रोग लाग्दैन भन्ने विश्वास छ ।
कुकुरलाई आज्ञापालक एवं रक्षक मात्र मानिँदैन, यसलाई घ्राँण शक्तिका कारण अपराध अनुसन्धानमा महत्वपूर्ण साधनका रुपमा प्रयोग गरिन्छ ।सुँध्ने शक्ति अत्याधिक भएका कारण कुकुरले अपराधी पत्ता लगाउन ठुलो मद्दतपुर्याउँदछ । अपराध अनुसन्धानमा संलग्न रहेका तालिमप्राप्त कुकुरको दर्जा अनुसार मर्यादा गरेर पूजा गर्ने र सलामी समेतदिइन्छ ।
कुकुर तिहारमा हरेक नेपालीले आफ्नो घर आगनमा कुकुरलाई टीकातथा विभिन्न खालका माला लगाइदिएर खानेकुरा खान दिई पूजा गर्दछन् । कुकुरको पूजानगरी खाना खाएमा पाप लाग्ने र यमराजको दण्डको भागि हुनुपर्ने शास्त्रीय भनाई रहेकोछ । कुकुर तिहारलाई नरक चतुर्दशी पनि भनिन्छ । कुकुर इमान्दार र वफादार जनावर भएकोलेकुकुर तिहारका दिन इमान्दारिताको सम्मानस्वरुप यसको पूजा गरिन्छ । यमपञ्चकभरिपशुपंक्षीको सम्मानपूर्वक पूजा गर्नु भनेको प्रकृतिका सबै जीवजन्तुसंग मानव जातिकोसहअस्तित्व रहेको छ भन्ने सन्देश दिनु पनि हो ।
तन्त्र साधनामा कुकुरलाई भयरहित भैरवको बाहनका रुपमा पूजा गरिन्छ । पुराणहरूमा कुकुरलाई दैनिक पूजागर्नुपर्छ भनिए पनि यस्तो गरिंदैन । तर ग्रिस रइजिप्टमा भने अहिलेपनि कुकुरको दैनिकपूजा हुने गरेको अनुसन्धानकर्ताहरुले बताएकाछन् । कुकुर रुनुलाई अनिष्ठको संकेतका रुपमा लिने गरिन्छ । कुकुर रुएमा कसैको मृत्यु हुन्छ भन्ने जनविश्वास छ ।
आजको दिन मासको पातको तरकारी खाने चलन रहेको छ । लिङ्गपुराणअनुसार मासको पातको साग खाँदा मानिसले जीवनकालमा गरेका पापहरु नास हुन्छन्भन्ने जनश्रुति कायमै छ । त्यस्तै पाप नास गर्न तथा नरकलाई खुशी पार्न नरक नुहाउनेचलन पनि छ । यसरी नरक नुहाइसके पछि दीप दान गर्ने तथा आलसको बोट बालेर आगो तापिन्छ। यसोगर्दा पापहरु नास भई मरेपछि स्वर्गको बास हुने विश्वास छ । कुकुर तिहारका दिनबिहानै अरुणोदय कालमा नदी वा तलाउमा गई स्नान, तर्पण गरेर यमदिप दक्षिण फर्काएर बाली बगाउनाले मृत्युपछि नरकको दर्शनगर्नु नपर्ने धार्मिक विश्वास छ । यसरी बत्ती बालेर बगाउनुलाई नरके बगाउने भनिन्छ।
– बाबुराम भण्डारी
सम्बन्धित खबर
आज नेपाली सेनाको दुई सय ६२ औँ स्थापना दिवस, सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह
आज महाशिवरात्रिः भगवान् शिवको पूजा–आराधना गरी मनाइँदै
आज देशभरको मौसम कस्तो रहन्छ?
अडियो काण्ड बाहिरिएपछि विष सेवन गरेका मन्त्रीका स्वकीय सचिवको मृत्यु
नवलपरासीमा प्रेम विवाहको विषयमा दुई पक्षबीच झडप, १९ जना घाइते
देश विकास हुँदैछ, युवा निराश हुनुपर्दैन: प्रधानमन्त्री
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु