ट्याक्टर दुर्घटनामा परि २ जनाको मृत्यु

ट्याक्टर दुर्घटनामा परि २ जनाको मृत्यु

durghatana-photo

रुकुम।बिहिवार साँझ  रुकुमको पश्चिमको चौरजहारी नगरपालिका–९ सल्यानी पदेरामा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ट्याक्टर चालक रुकुम पश्चिम सानोभेरी गाउँपालिका–१ का २२ वर्षीय महेन्द्र विक र ट्याक्टरमा सवार २७ वर्षीय चन्द्र बहादुर विक रहेको प्रहरीले जनाएको छ। चौरजहारीबाट सिमेन्ट लोड गरि फर्किदै गरेको अवस्थामा भे१त ५१०७ नम्बरको ट्रयाक्टर बेलुकी साढे सात बजे अनियन्त्रित भई सडकबाट २० मिटर तल खसेको थियो।

घटनास्थलमा नै मृत्यु भएका दुवै जनालाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको ईलाका प्रहरी कार्यालय चौरजहारी रुकुमले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ