तनहुँ । विश्व पोलियो दिवस अक्टोवर २४ का दिन रोटरी क्लब अफ दमौलीले बिहिबार दमौलीमा सचेतनामूलक र्याली आयोजना गरेको थियो । र्यालीलाई सम्बोधन गर्दै रोटरी क्लब अफ दमौलीका अध्यक्ष सुर्ज कुमार मल्लले पोलियो विश्वबाट उन्मुलन भइसके पनि जीवाणुले जुनसुकै बेला संक्रमण गर्नसक्ने भएकोले सावधानी अपनाउनुपर्ने बताए ।

पोलियो रोग लागिसकेपछि पूर्णरुपमा निदान हुन नसक्ने भएकोले रोकथाममै लाग्नुपर्ने आवश्यकतालाई मध्यनगर गरेर जनचेतना जगाउने उदेश्यले र्याली आयोजना गरिएको मल्लले बताए ।
विशेष गरी पाँच वर्ष मुनिका बच्चा र गर्भवती महिलाहरुमा यो रोगको भाइरस बढी संक्रमण हुने जोखिम भएकोले बच्चाहरुलाई दूषित वातावरणबाट जोगाउने, खानपिनको राम्रो ख्याल गर्ने र गर्भवतीको उचित स्याहार गर्ने काममा सबैले ध्यान दिनुपर्ने रोटरी क्लब अफ दमौलीका आगामी वर्षका अध्यक्ष दामोदर भण्डारीले बताए ।

यसै गरी क्लबका मेन्टर हरिसिं गुरुङले पोलियो रोग निदान गर्ने अभियानमा विश्वभरका रोटरी र विभिन्न संग संस्था संगै विशिष्ठ व्यक्तिहरु समेत लागेको बताए ।
पोलियो प्लस अभियानमा रोजगारीको अवसर संगै पोलियो निदान गर्दै जानेको संख्या जोडिएको उनले बताए ।

पोलियो प्लस अभियान सन् १९८५ बाट सुरुवाट भएको उनले बताए । थ्री एक्सन एट थ्री मीनटस अभियानमा लर्न, शेयर र डोनेसन रहेको गुरुङले बताए । गुरुङले नेपालबाट पोलियो उन्मुलन भइसकेको भएपनि अन्य देशहरुबाट पोलियो भित्रिन सक्ने सम्भावना भएकाले नियमित पोलियो खोप अभियानलाई निरन्तरता दिनुपर्ने बताए।
कार्यक्रममा स्वास्थ्य कार्यालय तनहुँका निमित्त प्रमुख शंकरबाबु अधिकारीले संसारबाट पोलियो अझै पुर्ण रुपमा उन्नमुलन नभएकाले खोप कार्यक्रमलाई निरन्तरता दिनु पर्नेमा जोड दिए । र्यालीमा पोलियो उन्मूलन गरौँ भन्ने पर्चा पैदलयात्रीहरु र स्थानियलाई पोलियोको बारेमा जानकारी गराईएको थियो ।

पोलियो सम्बन्धी विविध जानकारी लेखिएका प्लेकार्ड सहित अनसनचौतारीबाट सुरु भएको ¥याली सफासडकबाट भोर्लेटार चोक हुदै डाङग्रोखोल्सी, गणेशमानचोक हुदै सोही ठाँउमा आएर समापन भएको थियो । र्यालीमा रोट्रयाक्ट क्लब अफ दमौली, इनरव्हिल क्लब अफ दमौली, व्यास नगरपालिका, तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार एकाई, जिल्ला स्वास्थ्य कार्यालयका कर्मचारी, पत्रकारलगायतको सहभागिता थियो ।

नेपालमा सेम्टेम्बर २०१४ देखि अहिलेसम्म नेपालमा पोलियोका कुनै पनि बिरामी भेटिएका छैनन् । सन् १९८४ मा ८० जना पोलियोका बिरामी भेटिएका थिए । त्यसपछि सन् २००१—२००४ सम्म कुनै पनि पोलियोका बिरामी देखिएन । सन् १९९९ मा पोलि भाइरसको बिरामी भेटिएको थियो । सन् २००० मा भारतबाट पोलियो भाइरस आएको पत्ता लाग्यो । सन् २००५ मा नेपालको सिमा क्षेत्रमा चार जना पोलियोका बिरामी भेटिए । त्यसपछि सन् २००९ सम्मकुनै पनि पोलियोका बिरामी भेटिएनन् ।
सम्बन्धित खबर
मुग्लिन–पोखरा बाटो सहज बन्दै
तनहुँको विमलनगर खण्ड आजदेखि एक महिना आंशिक बन्द हुने
तनहुँमा ‘स्वाइन फिभर’ले बङ्गुर मरेपछि ओसारपसारमा रोक
प्रजातन्त्र दिवसको अवसरमा देवघाट गाउँपालिकामा दीप प्रज्जवलन
बन्दीपुरमा वडाध्यक्षको कुटपिटबाट वडा सचिव घाइते
१५ वर्षपछि दमौलीमा फेरि थालियो सामूहिक गहुँखेती
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते