लिंग खाने कुख्यात सन्दिग्ध शिकारी पक्राउ

लिंग खाने कुख्यात सन्दिग्ध शिकारी पक्राउ

sikari india
भालु मारेर तिनको लिङ्ग खाने एक कुख्यात सन्दिग्ध सिकारीलाई भारतमा प्रहरीले पक्राउ गरेको छ। ती सिकारीलाई यार्नेन नामले चिनिन्छ। धेरै वर्षदेखि फरार रहेका उनलाई पक्राउ गर्न सक्नुलाई प्रहरीले ठूलो सफलता मानेको छ।
भारतको एउटा राष्ट्रिय निकुञ्जमा गुप्ताङ्ग काटिएका भाले भालुका शवहरू फेला परेपछि अधिकारीहरू चनाखो भएका थिए।  यार्नेन एउटा फिरन्ते आदिवासी समुदायका हुन्। उनको समुदायमा भालुको लिङ्ग सेवन गर्दा कामोत्तेजना बढ्ने अन्धविश्वास भएको मध्यप्रदेश वन विभागका रितेश सिरोठियाले बताए। यार्नेन अक्टोबर १९ मा गुजरात राज्यमा पक्राउ परेका हुन्। उनी मध्य र पश्चिम भारतमा बाघ तथा अन्य लोपोन्मुख जनावरको अवैध सिकार र तस्करीमा संलग्न एक प्रमुख व्यक्ति भएको बताइन्छ।
प्रहरीबाट जोगिन उनले विभिन्न छद्म नाम प्रयोग गर्ने गरेको बताइन्छ। तर प्रहरीले उनीमाथि कुनै अभियोग लगाइसकेको छैन। आफू लागेका आरोपबारे उनले र उनका वकिलले कुनै प्रतिक्रिया दिएका छैनन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ