पोखरा ५ पर्स्याङका खनाल परवार अहिले शोकमा छ । कास्कीको अन्नपूर्ण गाउँपालिका–११, देउराली बेस क्याम्प नजिकै हिउँमा पुरिएर परिवारका एकमात्र छोरा १८ वर्षका सञ्जय खनालको मृत्यु भएपछि परिवारजन शोकमा डुवेका छन् । सञ्जयकी एक दिदी मात्र छन् ।
सञ्जय काठमाण्डौमै कक्षा १२ मा अध्ययनरत थिए । चाडपर्वमा छुट्टी मनाउन घर फर्किएका सञ्जय सोमबार दुई साथी सहित बेस क्याम्पतर्फ निस्किएका थिए । सञ्जयका पिता युवराज खनालसहित परिवार अचेत अवस्थामा छन् ।
सञ्जयसंगै घुम्न गएका पोखरा–११, फूलवारीका २० वर्षीय सन्तोष बाँस्तोला र पोखरा–५ कै १८ वर्षीय निरञ्जन कोइराला गम्भीर घाइते भएका छन् । उनीहरूको पोखराको मणिपाल अस्पतालमा उपचार भइरहेको छ । घाईतेको हेलिकोेप्टरबाट उद्धार गरिएको हो ।
हिउँदमा झरेको ढिस्को पग्लिएपछि सुरुङ बनेको र त्यही सुरुङमा पसेर फोटो खिच्न लाग्दा एक्कासी हिँउको ढिस्कोले पुरिएर सञ्जयको मृत्यु भएको हो । दुई साथी घाईते भए ।
सञ्जयको शव घटनास्थलबाट पोखरा ल्याउन कठिन भएको थियो । सञ्जयको शव बिहीबार बिहान मात्र हेलिकोप्टरमार्फत पोखरा ल्याइएको हो । उनको खोजी बुधबारै गरिएपनि प्रतिकुल मौसमका कारण सफल हुन सकेको थिएन । उनको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पोष्टमार्टम पछि घरमा लगी त्यसपछि सेती नदीस्थित तुलसीघाटमा अन्तिम संस्कार गरिएको थियो ।

सम्बन्धित खबर
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
रोटरी क्लबद्वारा हाईकिङको माध्यमबाट कास्कीकोटको प्रवर्द्धन
लामाचौरमा शिव दर्शन यात्रा, घार्मीमा शिव महिमा
पोखरामा लागू औषध गाँजासहित एकजना पक्राउ
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो